जन्मदिनमा भलवाडका झबिन कार्कीले दिए विद्यालयलाई ग्रेटर नेपालकाे नक्सा, विद्यार्थीलाई शैक्षिक सामग्री

कपिलवस्तु ।

कपिलवस्तुकाे बाणगंगा ९ का एक युवाले आफ्नाे जन्मदिनमा सामुदायिक विद्यालय र विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । बाणगंगा ९ भर्तापुरका झबिन कार्कीले आफ्नाे जन्मदिनकाे अवसरमा भर्तापुर आधारभूत विद्यालयमा उक्त शैक्षिक सामग्री प्रदान गरेका हुन ।

कार्की हाल बैदेशिक राेजगारीकाे शिलशिलामा युएईमा छन् । उनले आफू विदेशमा भए पनि आफुले अध्ययन गरेकाे विद्यालय र साे विद्यालयमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई सानाे सहयाेग गरेकाे बताए ।

जन्मदिनमा अनावश्यक र फजुल खर्च गर्नुभन्दा सामान्य भए पनि सामाजिक काम गर्नुपर्ने उनकाे विचार छ । कार्कीले आफ्नाे जन्मदिनमा विद्यालयका लागि ग्रेटर नेपालकाे नक्सा प्रदान गरेका छन् भने विद्यार्थीलाई कापी र पेन्सील दिएका छन् ।

सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयल व्यवस्थापन समितका अध्यक्ष हरिबहादुर खनाल सहित विद्यालयमा कार्यरत शिक्षक शिक्षिका, विद्यार्थी तथा अभिभाव र कार्की परिवारका सदस्यहरुकाे उपस्थित रहेकाे थियाे ।


उक्त सामग्री कार्की परिवारले विदयालयका प्रधानाध्यापक कमला बि.क लाई मंगलबार हस्तान्तरण गरेका थिए ।
उनले यस अघि पनि विभिन्न समयमा भर्तापुर आधारभूत विद्यालयमा विभिन्न शैक्षिक सामग्री प्रदान गर्दै आएका छन भने समुदायका विपन्न परिवारलाई समेत राहत वितरण गर्दै आएका छन् ।

प्रतिक्रिया