

कोइलीचौर सामुदायिक वनको लगानीमा सडक स्तरोन्नती


कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड भर्तापुरमा सामुदायिक वनले करिब दुई किलोमिटर सडक स्तरोन्नती गरेको छ । भलवाड स्थित कोइलीचौर साना किसान सामुदायिक वनले भर्तापुर–भर्लाबास भित्री सडक स्तरोन्नती गरेको हो ।
सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुसालका अनुसार भर्तापुर देखि भर्लाबास सम्मको करिब १८ सय मिटर सडक ग्राभेल गरी आगामाी वर्ष कालोपत्रे समेत गर्ने योजनाका साथ हाल स्तरोन्नती गरिएको बताएका छन् । सामुदायिक वनको वार्षिक योजना अन्र्तगत विनियोजित बजेटबाट हाल सडक मर्मत, सिचाईँका लागि ह्युम पाइप जडान र ग्राभेल सडकलाई रोलिङ् गरी चिटिक्क पारिएको छ । यस अघि साँघुरो र अफ्ठेयारो सडकलाई सामुदायिक वनले लगानी गरी सहज बनाएको हो ।

वनका अध्यक्ष भुसालका अनुसार वनको कोषमा हाल बजेट अभाव भएका कारण ग्राभेल गरी स्तरोन्नती मात्र गरिएको र आगामी वर्षको बजेटमा यो सडकलाई कालोपत्रे गर्ने योजना बनाइएको बताए ।
कोइलीचौर सामुदायिक वनले अहिले खोल्साखोल्सी व्यवस्थापन अन्र्तगत पोखरी निर्माण, पर्यटन प्रर्वद्धनका लागि सुन्दरीकरणको योजनाका साथ काम गरेको छ भने नदी कटान रोक्न डिभिजन वन कार्यालय र प्रदेश वन मन्त्रालयसँगको सहकार्यमा खोल्साखोल्सी व्यवस्थापनको काम पनि गरिरहेको छ ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया