

सिद्धबाबा सुरुङ खन्न रातिमा बन्द गरिएको बुटवल–पाल्पा सडक खुल्ने



बुटवल : पाल्पाको सिद्धबाबामा सुरुङ खन्न रातमा बन्द हुँदै आएको सिद्धार्थ राजमार्ग पूर्णरूपमा खुलेको छ । गएको पुस १६ गतेदेखि दैनिक राति १० बजेदेखि बिहान ४ बजेसम्म राजमार्ग बन्द हुँदै आएको थियो । पाल्पाको सिद्धबाबामा सुरुङ खन्न दैनिक छ घण्टा राजमार्ग बन्द हुँदै आएकोमा आजदेखि खुलेको हो । सिद्धबाबा सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढेपछि विकल्पका रूपमा सुरुङ बनाउन थालिएको हो । पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ सालको फागुनमा ठेक्का सम्झौता भएको थियो ।
आयोजनाका अनुसार अहिलेसम्म भौतिक प्रगति झण्डै १२ प्रतिशतमात्रै छ । सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्छ । चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कम्पनीले सुरुङ निर्माणको ठेक्का लिएको हो ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया