

भारतको नैनीतालमा गाडी दुर्घटना हुँदा सात जना नेपालीको ज्यान गयो

भारतको उत्तराखण्ड राज्यको नैनीतालको बेतालघाटमा गाडी दुर्घटना हुँदा सात नेपालीसहित आठ जनाको ज्यान गएको छ । सोमवार राति नैनीताल क्षेत्रको बेतालघाटको खोँचमा गाडी खस्दा सात नेपालीसहित आठ जनाको ज्यान गएको र अन्य तीन जना घाइते भएका भारतीय सञ्चारमाध्यम ‘हिन्दूस्तान टाइम्स’ ले जनाएको छ ।
ज्यान गुमाउनेमा नेपाली नागरिक ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धीरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल रहेका खबरमा उल्लेख छ । दुर्घटनामा भारतीय चालक राजेन्द्र कुमारको पनि ज्यान गएको छ । यस्तै दुर्घटनामा दुई जना नेपाली नागरिक शान्ति चौधरी र छोटु चौधरी घाइते भएका छन्, उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ज्यान गुमाउने र दुर्घटनामा पर्ने नेपाली महेन्द्रनगरका रहेका खबरमा उल्लेख छ ।
मृतकहरू बेतालघाटको जल जीवन परियोजनामा कार्यरत रहेका खबरमा उल्लेख छ । सोमवारको काम सकिएपछि नौ जना नेपाली कामदार रामनगर हुँदै चम्पावत जिल्लाको टनकपुरमा फर्कन चढेको जीप दुर्घटनामा परेको बेतालघाट प्रहरी कार्यालयका अधिकारीलाई उद्धृत गर्दै ‘हिन्दूस्तान टाइम्स’ ले लेखेको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया