

गुल्मीका एक युवाको लेक लागेर कागबेनीमा मृत्यु



गुल्मी : मुस्ताङको कागबेनी तीर्थका लागि पुगेका गुल्मीका एक तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ । मालिका गाउँपालिका-७ घमिरका ६८ वर्षीय कृष्णप्रसाद लम्सालको निधन भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर बीकले बताए ।
गुल्मीबाट तीर्थयात्रा गएका लम्साल आइतबार बिहान कागबेनी धाममा स्नान गर्ने क्रममा बेहोस भएको र कागबेनी स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि मुस्ताङ जिल्ला अस्पताल पुर्याउने क्रममा मृत्यु भएको उनले बताए ।
मृतक लम्साल गुल्मीको घमिरबाट आफन्तहरुसँगै कागबेनी स्नान र पितृहरुको पिण्डदानका लागि गएको आफन्तहरुले बताएका छन् ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया