

के अब गुगल सर्च गर्दा पैसा तिर्नुपर्छ ?




काठमाडौं : पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा गुगलमा केही सर्च गरे शुल्क लाग्ने खबर फैलिएका छन् । विशेषगरी गुगलमा कुनै जानकारी खोजे त्यसका लागि शुल्क तिर्नुपर्ने दाबी गरिएको छ । तर, के सर्च गर्दा प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने हुन्छ ? के हो त नयाँ फिचर ? आज हामी यसै विषयमा चर्चा गर्दैछौंः
फाइनान्सियल टाइम्सका अनुसार गुगलले सर्च टुलमा प्रिमियम फिचर ल्याउन लागेको छ । विशेषगरी एआईद्वारा सञ्चालित हुने सो फिचरका लागि प्रयोगकर्ताले शुल्क तिर्नुपर्नेछ । यसलाई गुगलले आफ्नो सर्च इन्जिन व्यवसायमा चालेको सबैभन्दा ठूलो कदम बताइएको छ ।
गुगलको मुख्य व्यवसाय सर्च इन्जिनमा देखाउने विज्ञापन हो । कम्पनीले यसमा प्रिमियम फिचर ल्याएर प्रयोगकर्तालाई शुल्क तिर्नुपर्ने बनाउन सक्ने बताइएको छ । यसअघि कम्पनीले सञ्चालन गर्दै आएको विज्ञापन व्यवसायको विकल्पमा नयाँ मोडेल ल्याउन कम्पनी अझै संघर्ष गरिरहेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।
विशेषगरी च्याटजीपीटीको उदयपछि कम्पनीले विज्ञापन व्यवसाय धरापमा पर्ने अवस्था छ । त्यसैको विकल्पमा कम्पनी एआईलाई बढी प्राथमिकता दिइरहेको बताइएको छ ।
यसअघि पनि गुगलले आफ्ना अन्य प्रडक्ट जस्तै डक्स र जिमेलमा जेमिनाई एआई समावेश गरेको छ । गुगलका प्रिमियम प्रयोगकर्ताले ती फिचर प्रयोग गर्न सक्छन् ।
कम्पनीले यो प्रिमियम फिचर कहिलेदेखि ल्याउँछ भन्ने स्पष्ट छैन । यद्यपि यसका लागि अझै केही वर्ष लाग्न सक्ने बताइएको छ । त्यसैले सर्च गर्नकै लागि प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने भन्ने चाहिं होइन ।
त्यसमा उपलब्ध हुने एआई फिचरका लागि भने शुल्क तिर्नुपर्ने हुनसक्छ । यद्यपि प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने सर्चको प्रिमियम फिचर कस्तो हुन्छ भन्ने विषय स्पष्ट बाहिर आइसकेको छैन ।
स्रोत : टेकपाना


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया