

कपिलवस्तुमा महावीर पुन: जिल्ला नै बन्यो महावीरमय





साझाकुरा, कपिलवस्तु । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा अभियान्ता महावीर पुन किताब अभियानका साथ शुक्रबार र शनिबार कपिलवस्तुमा बिताएका छन् । उनी कपिलवस्तु आउँदा कपिलवस्तु जिल्ला नै महाविर पुनमय बनेको छ । आफ्नो पुस्तक बेच्ने यात्राको ८८ औँ दिनमा कपिलवस्तु आएका पुन शनिबार सम्म यहाँ समय बिताएका हुन ।
पुनले यो समयमा कपिलवस्तुका विभिन्न स्थानका क्षेत्रमा आफ्नो समय बिताए । कपिलवस्तुमा रहँदा उनलाई कपिलवस्तुबासीले राम्रो साथ पनि दिए । महावीरको पुस्तक महावीरकै हातबाट ग्रहण गर्ने कपिलवस्तुबासीले पनि प्राप्त गरेका छन् । आफ्नो यात्राको ८८ औँ दिनमा कपिलवस्तुमा आएका उनी तीन दिन सम्म कपिलवस्तुमा रहेका हुन ।
आफ्नै जीवनीमा आधारित महावीर पुन सपना, सम्झना र अविरल यात्रा नामक किताब लिएर कपिलवस्तु आएका पुन शनिबार पनि दिनभर ब्यस्त रहे । शुक्रबार बुद्धभूमि र शिवराजमा किताब बेचेका उनले शनिबार बाणगंगाका बिभिन्न क्षेत्र र बेलुका कपिलवस्तु नगरपालिकाको तौलिहवा पुगेर किताब बेचेका थिए । बिहान ८ बजेदेखि बनगाई, चप्परगाउँ, बोडगाउँ चोकमा कार्यक्रम रहेको थियो भने त्यसपछि चार नम्बर जितपुर क्षेत्रमा कार्यक्रम रहेको पुनले बताएका छन् । कपिलवस्तु अघि पुन मुलुकका २७ जिल्ला पुगिसकेका छन् । यसपछि उनी पूर्वतर्फ जाने कार्यक्रम तय गरेका छन् ।
उनी शनिबार बाणगंगा बुद्ध रंगशालामा चलिरहेको कपिलवस्तु तिलौराकोट गोल्डकप फटबलको मञ्चमा पनि पुगे । यहाँ पनि उनलाई फुटबल हेर्न पुगेका दर्शकले राम्रो साथ र सहयोग गरे । खेल मैदानमा महाबिरको पुस्तक खुब बिक्रि पनि भयो । उनले कार्यक्रमलाई समेत सम्बोधन गर्दै सरकारको सम्पतीको रुपमा रहेको कृषि औजार कारखाना संचालनका लागि आफू यसरी देशव्यापी हिडिरहेको बताएका थिए ।
तीस वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप डा पुन यस अभियानमा लागेका हुन । प्रतिपुस्तक रु सात सय ५० मा बिक्री गर्ने गरिएको डा पुनले बताए । जुनजुन स्थानबाट निम्तो आउँछ सोही स्थानमा पुगेर पुस्तक बिक्री गर्ने लक्ष्य रहेको उनको भनाइ छ । डा. महावीर पुनको जीवन कथाका लेखक, केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका डा पुनले यतिबेला पुस्तक बिक्रीका लागि देश दौरानमा समय बिताइरहेका छन् । “नौ महिनाको समय लगाएर बन्द रहेको कारखानालाई मर्मत गरी सञ्चालन गर्ने वातावरण बनाएको छाँै”, उनले भने, “औजार उत्पादनका लागि आर्थिक स्रोत जुटाउन पुस्तक प्रकाशित गरी बिक्री अभियानमा लागेको छु ।” नेपालका प्रतिभालाई स्वदेशमा राखेर सहयोग गर्ने र उद्यमी बनाउने लक्ष्यअनुरुप राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको पुनको भनाई छ । उनका अनुसार युवा प्रतिभाले उद्योग कलकारखाना खोलुन्, रोजगारीको सिर्जना गरुन र अर्थतन्त्र सबल बनाउन लागुन् भन्ने मुख्य उद्देश्य राष्ट्रिय आविष्कार केन्द्रको रहेको छ ।
अहिलेको पुस्तामा पठन संस्कृति हराइरहेको भन्दै किताबले मुलुकमै केहि गर्ने सोँच निर्माण गर्न प्रेरित गर्ने बताउँदै पुस्तक किन्दा भएको खर्चले मुलुक निर्माण हुने बताए । मुलुकभरका १ प्रतिशत नागरिकसमक्ष पुस्तक पुर्याउने गरी आफू लागेको उनले बताए । मुलुकका १ प्रतिशत नेपालीले किताब किन्दा पनि ३ लाख नेपालीले किताब किनेर राष्ट्र निर्माणमा सहयोग हुने उनको विश्वास छ । पुस्तक बेचेर प्राप्त भएको आम्दानी वीरगंज कृषि औजार कारखानाको विकासको लागि खर्च गरिने पुनले बताए । पुन माघ महिनाबाट किताब बेच्ने यात्रामा निस्किएका हुन् । महावीर पुनले विश्वप्रसिद्ध म्यागासेसे लगायतका धेरै पुरस्कारहरु समेत पाइसकेका छन् ।


खबर सबै
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया