संगितकर्मी संघको प्रदेश अध्यक्षमा कपिलवस्तुका ‘पुर्णचन्द्र परियार’


कपिलवस्तु : कपिलवस्तुमा सम्पन्न लुम्बिनी प्रदेश संगितकर्मी संघको तेस्रो अधिवेशनले पुर्णचन्द्र परियारलाई नयाँ नेतृत्व प्रदान गरेको छ । जितपुर स्थित लुम्बिनी लर्निङ्ग सेन्टरको सभाहलमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला अध्यक्ष एबम प्रतिनिधि सहित गीत संगित सम्बद्ध विभिन्न संस्थाका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमबाट परियारलाई आगामी नेतृत्व प्रदान गरिएको हो ।
यस अघिको कार्यकाल पनि परियारकै नेतृत्व रहेको थियो । अधिवेनबाट उनकै अध्यक्षतामा संगितकर्मी संघ प्रदेश समिति गठन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथी संगितकर्मी संघका केन्द्रिय उप महासचिव जीवन परियार ,विशिष्ठ अतिथि संघकै केन्द्रिय सदस्य दिनेश रन्जन र विनोद रन्जन, राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठानका जिल्ला अध्यक्ष लेखनाथ घिमिरे ,नेपाली परम्परागत लोक संस्कृति प्रतिस्ठानका अध्यक्ष बुद्दी सागर बेल्बासे लगायत रहेका थिए ।
कार्यक्रममा गीतसंगित र साहित्यको शक्तिले जस्तोसुकै नास्तिकलाई पनि हल्लाउन सक्ने सामर्थ्य रहेकाले गीत संगित र साहित्यको महत्त्वलाई बुझ्दै बुझाउदै कलाप्रेमी सबैको संरक्षणमा राष्ट्रिय संगितकर्मी संघको भुमिका महत्त्वपूर्ण रहने कार्यक्रमका प्रमूख अतिथि जिवन परिायरले बताए । यस्तै सबैखाले सर्जकहरुले संस्थामा सहयोग पुराउनु पर्ने कुरा सहितका शुभकामना मन्तव्य राखेका थिए ।
आआफ्ना कला प्रस्तुति सहितको उक्त कार्यक्रम बाट संस्थाको प्रगति प्रतिवेदन अनुमोदन गराइ बुद्धिसागर बेल्बासेको संयोजकत्वमा इस्वरी प्रसाद भन्डारी र दिपिका सुनार सदस्य रहेको ३ सदस्यीय निर्वाचन मण्डल अनुमोदन गराइएको थियो।
तेस्रो लुम्बिनी प्रदेश अधिवेशनले अध्यक्षमा निवर्तमान अध्यक्ष पुर्णचन्द्र परियार, वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र सुनार, प्रथम उपाध्यक्षमा चन्दा गुरुङ्ग, दितिय उपाध्यक्षमा भुवन खड्का, महिला उपाध्यक्षमा उषा दसौती, उपाध्यक्षमा सुरज गौतम,महासचिवमा अशिम कंडेल क्षेत्री,सचिबमा नकुल परियार ,सुनिता रेगामी मगर,कोषाध्यक्षमा दिपक वलि,सह(कोषादक्ष्यमा ज्ञानेन्द्र अधिकारी ,प्रवक्ता मा रमेश वलि र सदस्य मा सबिन रणपाल सहितको १३ सदस्य प्रदेस कमिटी निर्बिरोध निर्वाचित गर्दै बाँकी सदस्य तथा विभिन्न बिधाका उपसमिति बिधानत मनोनयन गरि जाने कुरा सहित नयाँ कार्यसमिति गठन भएको कुरा निर्वाचन मण्डल का संयोजक बुद्दिसागर बेल्बासेले जनाए । उक्त कार्यक्रममा विभिन्न जिल्लाका अध्यक्षहरुको शुभकामना मन्तव्यसहित संस्थाका कार्यवाहक महासचिव अशिम कंडेल क्षेत्रीको संचालन र स्वागत मन्तव्य महिला उपाध्यक्ष चन्दा गुरुङको रहेको थियो ।

प्रतिक्रिया

खबर सबै