

लुम्बिनीमा घटे एसइई दिने विद्यार्थी, यसवर्ष ८३ हजार सहभागी




फाइल तस्बिर ।
दाङ : यस वर्षको एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदैछ । अघिल्लो वर्षको तुलनामा लुम्बिनी प्रदेशभित्र एसइई परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या घटेको छ ।
यस वर्ष ८३ हजार चार सय विद्यार्थी परिक्षामा सहभागी हुँदैछन् । गतवर्ष परीक्षामा ८५ हजार चार सय २४ विद्यार्थी सहभागी भएका थिए । यवर्ष दुई हजार २४ विद्यार्थी घटेका हुन् ।
आज चैत १५ देखि २७ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा चल्नेछ । यसवर्ष नियमित तर्फ साधारण धारका ७७ हजार तीन सय ६४ र प्राविधिक धारका दुई हजार ९ सय ४६ गरी ८० हजार तीनसय १० र ग्रेड बृद्धितर्फ ३ हजार ९० गरी ८३ हजार चार सय विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन् ।
परीक्षा सञ्चालनको लागि १२ वटै जिल्लामा तीन सय ४० वटा परीक्षा केन्द्र निर्धारण गरिएको र ती परीक्षा केन्द्रमा सबै तयारी पूरा भएको छ । लुम्बिनी प्रदेशको रुपन्देहीबाट सबैभन्दा धेरै १९ हजार ६ सय ४८ विद्यार्थी परिक्षामा सहभागी हुँदैछन् ।
दोस्रोमा दाङ जिल्लाबाट १२ हजार ८ सय ९८ विद्यार्थी सहभागी हुँदैछन् । नवलपरासीबाट ५ हजार ४ सय ४६, पाल्पाबाट चार हजार एक सय ८१, गुल्मीबाट ४ हजार ९७, अर्घाखाँचीबाट दुई हजार ९ सय ७२ जना सहभागी हुँदैछन् ।
यस्तै, कपिलवस्तुबाट ९ हजार ५८, रोल्पाबाट तीन हजार ८ सय ११, प्युठानबाट तीन हजार ९ सय ४८, बाँकेबाट ९ हजार ८९, बर्दियाबाट ७ हजार १३ र रुकुम पूर्वबाट एक हजार ३० विद्यार्थी परीक्षामा सहभागी हुन थालेका छन् ।
दाङ जिल्लामा ४७ वटा परीक्षा केन्द्रबाट १२ हजार ८ सय ९८ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । नियमिततर्फ साधारण धारका १२ हजार दुई सय २८, प्राविधिक धारका तीन सय २३ र ग्रेडबृद्धि तर्फ तीन सय ४७ गरी जम्मा १२ हजार आठ सय ९८ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।
४७ केन्द्राध्यक्ष, ८४ सहायक केन्द्राध्यक्ष, छ सय ४९ निरीक्षक, एक सय २८ परीक्षा सहायक, दुई सय ५३ सहयोगी गरी जम्मा एक हजार एक सय ६१ जनशक्ति परिचालन हुन थालेको हो ।
अघिल्लोवर्ष दाङमा १३ हजार ४ सय ४८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । गतवर्षको तुलनामा यस वर्ष परीक्षामा सहभागी हुने पाँच सय ५९ जना विद्यार्थी घटेका छन् ।
परीक्षालाई मर्यादित, अनुशासिकत, भयरहीत तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै तयारी गरिएको छ । तीन सय ४० परिक्षा केन्द्रमा केन्द्राध्यक्ष, पाँच सय ६७ सहायक केन्द्राध्यक्ष, चार हजार एक सय ८४ निरिक्षक, ८ सय ३४ परीक्षा सहायक, एक हजार ६ सय ६८ कार्यालय सहयोगी गरेर ७ हजार पाँचसय ९३ परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि जनशक्ति परिचालन गरिएको छ ।
विद्यार्थीलाई ढुक्क भएर परीक्षामा सहभागी हुन लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका सूचना अधिकारी माधवप्रसाद पोख्रेलले बताए । ‘हाम्रा प्यारा विद्यार्थी भाईबहिनीहरुलाई यस बर्षको एसइई परिक्षामा धैर्यता पूर्वक, नहडबढाईकन उच्च मनोबलका साथ सहभागी हुन अपिल गर्दछु’ उनले भने,’जीवनमा यस्ता थुप्रै परीक्षाहरु पूरा गर्नुपर्ने हुन्छ । यो परीक्षा अन्तिमै होइन । हिजो जस्तो जुन बुझाई थियो फलामे ढोका यस्तै यस्तै । यो पनि होइन । यसलाई डरलाग्दो रुपमा नलिन पनि अनुरोध गर्दछु र ढुक्क भएर परीक्षामा सहभागी हुन आग्रह छ ।’


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया