

स्याङ्जा सिरुबारीबाट लायन्स कपिलवस्तुको नेतृत्वमा घिमिरे चयन





साझाकुरा,कपिलवस्तु । लायन्स क्बलव अफ कपिलवस्तुको आठौँ कन्भेन्सनले लायन नवदत्त घिमिरेलाई आगामी नेतृत्व प्रदान गरेको छ । स्याङ्जाको सिरुवारी आधिखोला गाउँपालिका १ पञ्चमुलमा आयोजित कन्भेन्सनबाट घिमिरेलाई नेतृत्व प्रदान गरिएको हो ।
बिशुद्ध मानवीय सेवा गर्ने संसारकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय संस्थाको रुपमा परिचित लायन्स क्लबले आफ्नो प्रतिभा अथवा क्षमतालाई प्रयोग गरि राष्ट्रलाई सुरक्षित र स्वतन्त्र राख्न अग्रसर हुने अवसर प्रदान गर्ने काम गर्दै आएको छ । ७ जुन १९१७ का दिन अमेरीकाको शिकागो इलियोनसमा एक सामान्य जीवन वीमा ब्यवसायी स्वर्गिय मेलविन जोन्सको पहलमा स्थापित एसोसिएसन अफ लायन्स क्लब्स नै आजको अन्तराष्ट्रिय लायन्स क्लब्स इन्टरनेश्नल हो ।
कपिलवस्तु जिल्लामा ५० बढी सदस्य रहेको लायन्सले शुक्रबार स्याङ्जाको सिरुबारीमा आफ्नो ८ औँ कन्भेन्सन आयोजना गरेको थियो । उक्त कार्यक्रमबाट लायन्स कपिलवस्तुको आठौँ अध्यक्षका रुपमा नबदत्त घिमिरेसहित प्रथम उपाध्यक्षमा नारायण पौडेल, द्धितीय उपाध्यक्षमा सुमन क्षेत्री र तृतीय उपाध्यक्षमा सागर घिमिरे चयन हुनुभयो । यस्तै उपाध्यक्षमा विश्वराज खनाल र सान्ताराज गैरे, सचिवमा दामोदर पन्थी, कोषाध्यक्ष विष्णु घिमिरे, सह सचिवमा गिरिराज कडेँल, सह कोषाध्यक्षमा विष्णु पाठक चयन हुनुभएको लायनस क्लव अफ कपिलवस्तुले साझाकुरालाई जानकारी दिएको छ ।
लायन्स पुर्व अध्यक्षद्धय सुरेन्द्र घिमिरे र रामसुभागे थारुको संयोजनमा आयोजित कन्भेन्सनमा लायन्स क्लव अफ कपिलवस्तुका संस्थापक अध्यक्ष कृष्ण के.सीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लायन पुर्व अध्यक्ष धातानन्द भुसालको विशिष्ठ आतिथ्यतासहित लायन्स कपिलवस्तुका सदस्यहरुको उपस्थिति रहेको थियो । सोही कार्यक्रममार्फत लायन्स क्लव अफ कपिलवस्तुले क्लब संचालन आन्तरिक कार्याविधि सिरुवारी घोषणा पत्र समेत सार्वजनिक गरेको छ ।
सन् २०१७ अक्टोवरबाट कृष्ण क.सीको नेतृत्वमा कपलिवस्तुमा पहिलो पटक लायन्स क्लव आफ कपिलवस्तुको सुरुवात भएको थियो । बितेका ७ वर्ष लायन्स क्लव अफ कपिलवस्तुले यहाँका विभिन्न सामाजिक क्षेत्रका कार्यक्रमहरु संचलान गरी आफ्नो फरक पहिचान बनाइसकेको छ । समुदायका विपन्न नागरिकहरुलाई राहत प्रदान गर्ने, विभिन्न सामाजिक सचेतनाका अभियानहरु संचालन गर्ने, नयाँ प्रयोग र नयाँ अभ्यासलाई बढवा दिने, सिर्जनशिलताका गतिविधिहरुमा बढी केन्द्रित हुने गरेको छ । स्थपना देखि अहिले सम्म संस्थाको गरिमा उच्च हुँदै गएको हुँदा नयाँ आउने नेतृत्वले पनि लायन्स क्लवको वास्तविक मर्मलाई आत्मसाथ गर्न संस्थपक अध्यक्ष के.सीले आग्रह गर्नुभयो ।

नेपालकै पहिलो पर्यटन गाउँ स्याङ्जा सिरुबारीमा लायन्सले आफ्नो आठौँ कन्भेन्सन मनाइरहदा यहाँको पर्यटन प्रर्वद्धनमा समेत यसले टेवा पुगेको लायन्स सदस्यहरुले बताएका छन् । आँधीखोला गाउँपालिका–१, स्याङ्जाको गुरुङ बस्ती सिरुबारी र सिरुबारीमा रहेका ५० कम घरहरु पर्यटकहरुका लागि आवस स्थल मानिन्छन् । गुरूङ जीवनशैली, संस्कृति र आत्मीयताका लागि संसारभर ख्याती कमाएको गाउँको रुपमा परिचय साट्ने थलो रहेको सिरुबारीमा लायन्स क्लव अफ कपिलवस्तुले कन्भेन्सन गर्दा यहाँको मौलिक परम्परा र जीवनशैली समेत बुझ्ने अवसर मिलेको लायन्स सदस्यहरुले बताए ।
के हो लायन्स क्लव ?
नेपालमा लायनबादको प्रवेश सन १९७१ मा पूर्व प्रधानमन्त्री स्वर्गीय मातृका प्रसाद कोइरालाको अध्यक्षतामा बिराटनगर लायन्स क्लब बाट भएको हो । काठमाण्डौमा १९७२ मा लायन्स क्लब काठमाण्डौको स्थापना बाट शुरु भएको मानिन्छ ।
त्यो समय भारतको बिहार राज्यमा भएका लायन्स क्लब अन्तर्गत स्थापित भयो र जिल्लाको रुपमा डा. अन्जिनी कुमार शर्माले सन १९७६÷१९७७ मा नेतृत्व सम्हाल्नु भए पनि लायन ठाकुर हिरासिंह ज्यू को पहलमा सन १९८४ देखि नेपाललाई छुट्टै ३२५ जिल्लाको रुपमा मान्यता प्रदान गरिएको हो ।
सेवा भावले ओतप्रोत जो कोहि नागरिक पनि लायन्स सन्जालमा सहभागि हुन कुनै एक सदस्यले सिफारिस गर्नुपर्ने र क्लबको बैठक तथा कार्यक्रमहरुमा सहभागि गराएर सदस्यता प्रदान गरिन्छ । सदस्यता अन्तिर्राष्ट्रिय शुल्क, बहुजिल्ला तथा जिल्ला शुल्क वार्षिक् रुपमा तिरेर सदस्यता नविकरण गर्न सकिन्छ । न्युनतम बीस जनाबाट कुनै पनि समय नयाँ क्लबको रुपमा सेवा सुचारु गर्न सकिने लायन्स क्लब भित्र २८ वर्ष मुनीका युवाहरुका लागि पनि सानै उमेर मित्रता बढाउने, नेतृत्व बिकास गर्ने र आफ्ना अनुभवलाई अवसरको रुपमा प्रयोग गरी सामाजिक सकृयता देखाउन लायन्स मातहतमा लियो क्लव भनि स्थापित भएका छन् ।
लायन्सको बैठक बस्दा केहि नियमहरु छन् जून असल सदस्यले पालना गर्नु उस्को दायित्व हुन आउँदछ । प्रत्येक लायन्स क्लबले रोबर्ट रुल्स अनुसार महिनाको दुइ पटक कार्य समिति र एक पटक साधारण बैठक बस्नुपर्ने र हरेक बैठक एक घण्टा भित्र सक्नु पर्ने नियम बनाइएको छ । बैठकमा उपस्थित हुँदा लायन्स लोगो अंकित लेपल चिन्ह लगाउनु अनिवार्य गरिन्छ । कहिल्यै पनि जात, धर्म, भाषा र राजनितिमा पक्ष वा बिपक्षमा बोल्न तथा निर्णय गर्ने अधिकार यो क्लबमा पाइदैन ।
अन्तर्राष्ट्रिय अध्यक्ष देखि क्लब लेबलका पदाधिकारी सम्मको हरेक कार्यकाल एक वर्षको हुने गर्दछ भने बिषेश परिस्थिती आएमा थप एक बर्ष सोहि पदमा निरन्तर रहन उनीहरुलाई दिइन्छ । अन्यथा निर्वाचन वा सर्वसम्मतले नेतृत्वको चयन गरिने र नेतृत्वको जिम्मेवारी हरेकको काँधमा आउँने हुँदा हरेक सदस्यहरुले क्लबको सामाजिक गतिबिधि लगाएत, आर्थिक, प्रशासनिक तथा भावि कार्ययोजना ’विषयगतमा बुझ्नुपर्ने मान्यता राखिन्छ ।

स्थापना देखि हाल सम्म लायन्स कपिलवस्तुको नेतृत्वलाई फर्केर हेर्दा कृष्ण के.सी देखि नवदत्त घिमिरे सम्मको यात्रा बनेको छ । क्लवको स्थापनाको क्रमशः दुई वर्ष के.सीले नेतृत्व लिनुभयो भने तेस्रो पटक कुमार खड्का, चौथो पटक सुरेन्द्र घिमिरे, पाँचौ पटक धातानन्द भुसाल, छैठौँ पटक राम शुभागे थारु र सातौँ पटक ओम प्रकाश घिमिरेले नेतृत्व लिइसक्नु भएको छ । यस पटक आठौँ अध्यक्षका रुपमा घिमिरेलाई लायन्स क्लव अफ कपिलवस्तुले नयाँ नेतृत्वको जिम्मेवारी दिएको हो ।


खबर सबै
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया