कानुनी अडचनका कारण जातीय विभेद भाेग्नु परेको नगर प्रमुख अर्यालकाे भनाइ

रामबहादुर गन्धर्व । बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले कानुनी अडचनका कारण जातीय विभेद भाेग्नु परेको बताएका छन् । शुक्रबार आयोजना गरिएको आत्म सम्मान ,समानता ,सामाजिक न्याय ,राजनीति हक,जातिय समानता तथा सबै प्रकारका विभेद अन्त्य गरौ भन्ने मुल नाराका साथ ५९औं जातीय भेदभाव (छुवाछूत )बिरूद्व अन्तर्राष्ट्रिय रंगभेद दिवस कार्यक्रमकाे उद्वाटन गर्दै उनले यस्तो बताएका हुन ।

।जातीय विभेद गर्नु सामाजिक अपराध भएको बताउदै जातीय भेदभाव गर्न नहुने यस्तो ब्यवहार गर्ने ब्यक्तिलाई दण्ड जरिवाना गर्ने ,पिडित ब्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने ब्यवस्था रहेको र नेपालकाे संविधान २०७२काे धारा ४०मा दलितको हक सम्बन्धि ब्यवस्था गरिएको ,धारा ४०दलितको हक(१)राज्यका सबै निकायमा दलितलाई समानुपातिक समाबेशी सिद्धान्तका आधारमा सहभागी हुने र सार्वजनिक सेवा लगायतका राेजगारीका अन्य क्षेत्रमा प्रतिनिधित्व ,सहभागिताका लागि कानुन बमोजिम ब्यस्था गरिएको उनले बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै दिलबहादुर खातीले कामकाे आधारमा जात ब्यवस्था गरिएको हुँदा जातीय विभेद खेप्नुपरेको बताउदै ६०लाख दलित जनसंख्या रहेको र बिपदका बेला सामाजिक ,राजनीतिक ,सांस्कृतिक हिसाबले महत्त्वपूर्ण भुमिका रहेकाे भए ता पनि प्रतिनिधित्वकाे पछाडि पारिएको प्रष्ट पारे ।

त्यस्तै उपप्रमुख रिता कुमारी चौधरीले सामाजिक मूल्य मान्यतालाई समावेश गर्नुपर्नेमा जाेड दिदै परिवर्तन आफैबाट शुरू गर्न आग्रह गरिन।

उक्त कार्यक्रममा बाेल्ने बक्ताहरूले ५९औं भेदभावको सफलताको शुभकामना ब्यक्त गर्दै २०६२/०६३काे जन आन्दाेलनले जातीय छुवाछूत मुक्त राष्ट्र घाेषणा ,कानुनमा ब्यवस्था भए ता पनि कार्यान्वयन पक्ष फितलो हुँदा सबैले हातेमालो गर्दै कानुन कार्यान्वयनका लागि पहल गर्नुपर्ने मा जाेड दिए यसै बीच संस्थाले दलितका क्षेत्रमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै सम्मानपत्रले सम्मान समेत गरेको छ। यसरी सम्मानित हुनेहरूमा कृष्ण ब.बि.क.दलित समुदायका लागि आहाेरात्र खटिएर पुर्याएकाे याेगदान प्रति उच्च मुल्यांकन ,सुरेश बराल जिल्ला कर कार्यालयमा प्रमुख (अधिकृत ) काे भुमिका निर्वाह , बिष्णु नेपाली मालपोत कार्यालय तौलिहवामा कम्पयुटर अपरेटरकाे रूपमा भुमिका र धनबहादुर बि.क.दलित क्षेत्रमा याेगदान गरेबापत सम्मानित भएका हुन ।

बाणगंगा नगरपालिकाकाे सहयोग ,बाणगंगा सेवा समाजब बाणगंगा -१कपिलवस्तुले आयोजना गरेको कार्यक्रम राजनीतिक दलका प्रतिनिधि ,विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी ,जनप्रतिनिधि ,स्थानीय समाजसेवी ,बुद्धिजीवी भद्रभलादमी र स्थानीय जन सहभागीता लगाएत ३००बढी सहभागी रहेको दिवस संस्थाका अध्यक्ष टीकाराम सुनारकाे अध्यक्षता ,मुक्ति समाजका केन्द्रीय सदस्य ,ने.क.पा.एमालेका जिल्ला सचिव सिबि.गहतराज ,जिल्ला समन्वय समिति सदस्य सुमित्रा परियार नेपाली काँग्रेसका प्रतिनिधि छविलाल नेपाली ,मानव अधिकार एलायन्सका राेमाकान्त घिमिरे लगाएतकाे बिशिस्ट आतिथ्यता संस्थाका सचिव पीताम्बर बिक.काे स्वागत मन्त्ब्य र दलित अधिकर्मी ,बौद्धिक ब्यक्तित्व पुर्णचन्द्र परियारकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै