

विश्वकप छनोट : नेपाल र बहराइनबिच आज प्रतिस्पर्धा


काठमाडौँ : फिफा विश्वकप २०२६ छनोटअन्तर्गतको दोस्रो चरणको खेलमा नेपालले आज बहराइनको सामना गर्दै छ। बहराइनको राष्ट्रिय रंगशालमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुने छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल्नुपर्ने यो खेल मैदानको स्तर राम्रो नभएकोले बहराइनमै खेल्न लागिएको हो । नेपालको सिनियर टोलीले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो।
बहराइनसँग खेल्नुअघि नेपालले मलेसियासँग अभ्यास खेल खेलेको थियो। युनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग ५–१ गोल अन्तरले पराजित भएको थियो।
नेपाल रहेको समूह ‘एच’ मा यूएई, बहराइन र यमन रहेका छन्। नेपाल पहिलो खेलमा यूएईसँग ४–० र दोस्रो खेलमा यमनसँग २(० गोल अन्तरले पराजित भएको थियो।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया