

कफी खेतीतर्फ गुल्मीका किसान, छाडे मकै र कोदो लगाउन



गुल्मी : गुल्मीमा परम्परागत कृषि पेसा अगाँल्दै आएका किसान कफी खेतीमा लागेका छन् । मदाने गाउँपालिका–३ सिर्सेनी तोरेटाका किसानले बारीमा मकै र कोदो लगाउन छोडेर कफी खेती शुरु गरेका हुन् । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाले किसानलाई व्यावसायिकरूपमा कफी खेती गर्न उत्प्रेरित गरेको हो ।
परम्परागत खेती लगाउँदा बाँदर, बँदेल, दुम्सी तथा चराचुरुङ्गीबाट हैरानी खेप्दै आएकोमा कफी खेती लगाएपछि सहज भएको किसानले बताएका छन् । सिर्सेनीका किसानले तीन वर्षअघि नै ‘तीनधारे कफी उत्पादन कृषक समूह’ गठन गरेका थिए । समूहमा आबद्ध किसानले ५० देखि दुई हजार वटासम्म कफीका बोट लगाएका छन् ।
प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना गुल्मीकी प्रमुख गंगाकुमारी पोख्रेलले व्यावसायिक कफी खेतीको विस्तारका लागि कार्यालयको तर्फबाट बिरुवा, मल, सिँचाइका साथै छहारीका लागि नेटजाली लगायतका क्षेत्रमा अनुदान उपलब्ध गराउँदै आएको बताउनुभयो । यस्तै कफी पाठशाला सञ्चालन गरेर किसानलाई कफीको व्यावसायिक र प्राविधिक ज्ञान दिने गरेको उहाँको भनाइ छ ।
गुल्मीमा अहिले दुई सय ४१ हेक्टर क्षेत्रफलमा कफी खेती हुँदै आएको छ । गुल्मीमा गएको वर्ष ३० मेट्रिक टन कफी उत्पादन भएकोमा आठ टन ‘ग्रीन बिन’ तेस्रो देशमा निर्यात भएको थियो ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया