

अमृते सामुदायिक वनद्धरा निशुल्क स्वास्थ्य शिविर, १ सय बढीले गराए स्वास्थ्य जाँच



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ मा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित अमृते सामुदायिक वन उपभोक्ता समुहले आयोजना गरेको शिविरमा वन उपभोक्ताहरुले निशुल्क स्वास्थ्य लाभ लिएका छन् ।
भर्तापुर स्थित सामुदायिक वनको सभाहलमा आयोजना गरिएको शिविरमा वडा नम्रब ९ का वडा अध्यक्ष कमल पौडेलले सामुदायिक वनहरुले जनताको स्वास्थ्यका सवालमा राम्रो भुमिका खेलेको बताउनुभयो । उहाँले वडाका पनि विभिन्न स्वास्थ्य क्षेत्रका कार्यक्रमहरु रहको भन्दै यस्ता कार्यक्रमा समुदायका सबै संघ संस्थाले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले अमृते सामुदायिक वनले नौलो कर्याक्रम सुरुवात गरेको बताउनुभयो ।
सम्पन्न शिविरमा महिलाहरुमा देखिने विभिन्न रोगहरुको विशेषज्ञ चिकित्सकहरुद्धार चेकजाँच गरिएको थियो । शिविरमा ९३ जना महिलाहरुले आफ्नो रोगसँग सम्बन्धित भिडियो एक्स् रे गराएका छन भने पाठेघरको क्यान्सरका संकास्पद बिरामी १८ जनाको जाँच गरएको छ । अमृते सामुदायिक वनका अध्यक्ष योेगेन्द्र पौडेलका अनुसार शिविरमा १२५ बढीले जाँच गराएका छन् ।

देवदह मेडकल कलेजका डा. आरती श्रेष्ठ र डा. सुमन बज्राचार्यको मेडिकल चेकजाँचसहित सम्पन्न शिविरमा अमृते सामुदायिक वनका उपभोक्ता बिरामी सदस्यहरुले जाँच गराएका थिए ।
कार्यक्रममा सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेलको अध्यक्षतासहित वडा अध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कोइलीचौर साना किसान सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुसाल, वनका सल्लाहाकार हरिाराज घिमिरे, नारायण खनाल लागएतको आतिथ्ता रहेको थियो । कार्यक्रम वनाका सचिव मीना सिंजापतिको संचालनमा सम्पन्न भएको हो ।
यसैबिच अमृते सामुदायिक वनले मृगौला पिडित र क्यान्सर पिडित परिवारलाई पनि सोही कार्यक्रम मार्फत सहयोग गरेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड चौवाह स्थित क्यान्सर पिडित मानबहादुर पुनलाई आर्थिक सहयोग प्रदान गरको छ । यस्तै वडा नम्बर ९ भर्लाबास स्थित मृगौला पिडित लालबहादुर सुनारलाई पनि ५ हजार रुपैया आथिक सहयोग गरीएको वनका अध्यक्ष पौडेलले साझाकुरालाई जानकारी दिनुभएको छ ।



खबर सबै
-
सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
-
बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते
-
एनपीएलमा प्लेअफको समीकरण रोचक
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय







प्रतिक्रिया