

लायन्स कपिलवस्तुको ब्याडमिन्टनको उपाधी लायनद्धय राना र पौडेललाई

कपिलवस्तु : लायन्स क्लव अफ कपिलवस्तुले आयोजना गरेको लायन्स सदस्यहरु बिचको मैत्रीपुर्ण व्याडमिन्टनको उपाधी लायनद्धय भरत राना र सोनु पौडेलेको जोडिले हात पारेका छन्
फाइनल राउण्डमा लायनद्धय धुव्र पाण्डे र सन्दिप भट्टराईको जोडिलाई हराउदै राना र पौडेलले चौथो अन्तर लायन ब्याटमिन्टन प्रतियोगिताको उपाधी हात पारेका हुन् । लायन्स क्लव अफ कपिलवस्तु २०२३/२४ को बार्षिक कार्यक्रम अन्तगर्त प्रतियोगिता सम्पन्न भएको हो ।
स्वास्थ्यका लागि खेल भन्ने नारालाई आत्मसाथ गर्दै प्रतियोगिता आयोजना गरिएको थियो ।

डिस्ट्रिक्ट डेपुटि सेक्रेटरी लायन सुरेन्द्र घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रतियोगितालाई सम्बोधन गर्दै घिमिरेले खेलकुलले मित्रताको भावना अझै प्रगाढ बनाउने भन्दै कार्यक्रम आयोजना गरेकोमा क्लवको पदाधिकारीलाई अभार व्यक्त गर्नु भएको थियो ।
पुर्व अध्यक्ष (IPP) राम शुभागे थारुको विशिष्ट आतिथियता रहेको थियो ।
आयोजित प्रतियोगिताको दोस्रो स्थान धुब्र पाण्डे र सन्दिप भट्टराईले हात पारे भने तेस्रो स्थान माधव घिमिरे र विष्णु गैरेको जोडिले हात पारेका थिए ।
बिजेताहरुलाई नगद सहित प्रमाण पत्र र मेडलले ले सम्मान गरिएको थियो ।
खेलले मित्रताको भावना र स्वास्थ्यलाई अझै फाईदा पुग्ने र अनुशासनको पाठ पनि खेलकुदले नै सिकाउने भएकाले खेल महत्वपुर्ण रहने लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेले बताउनु भएको थियो ।
क्लव प्रया जसो विश्वास गरेर प्रतियोगिताको जिम्मेवारी प्रदान गर्ने र लायन मित्रहरुले पनि सहभागिता जनाएर कार्यक्रम सफल पार्ने साथ दिएकोमा प्रतियोगिहरुलाई विशेष आभार खेल संयोजक विकाश न्यौपानेले दिनुभएको थियो ।
लायन्स क्लव अफ कपिलवस्तु २०२३/२४ का अध्यक्ष ओम प्रकाश घिमिरेले अध्यक्षता, लायन विकास न्यौपानेको कार्यक्रम संयोजत्व सम्पन्न भएको कार्यक्रममा व्याडमिन्टन खेलाडी नर बहादुर ग्यालेनर राम बरालले रेफ्रीको भुमिका निर्वाह गरेका थिए ।


खबर सबै
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’






प्रतिक्रिया