

सातै प्रदेशमा नयाँ सरकार गठन गर्ने बादलको उद्घोष



गुल्मी । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले सातै प्रदेशमा नयाँ सरकार गठन हुने बताएका छन् । शनिबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको गुल्मीमा उद्घाटन गर्दै उनले सबै प्रदेशमा एमाले–माओवादी गठबन्धनको सरकार बन्ने बताएका हुन् ।
अहिले आर्थिक र राजनीतिक संकटको समयमा नयाँ गठबन्धन बनेकाले विकासको अभियान अगाडि बढाएर सबै संकट हटाउनुपर्ने उनको भनाइ छ ।
देशलाई आर्थिक संकटबाट मुक्त गराउने, सामाजिक र साँस्कृतिक अराजकता हटाउने र देशलाई समृद्धितर्फ उन्मुख गराउने नेकपा एमालेको योजना अब पूरा हुने उनकोे दाबी छ ।
उनले एमालेलाई बहुमत ल्याएर एकल राष्ट्रिय सरकार बनाउने गरी मिसन २०८४ सफल पार्न कार्यकर्ताहरुलाई आग्रह गरे ।
गुल्मीमा सुरु भएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनका लुम्बिनी प्रदेशका ११ जिल्लाका प्रतिनिधि गुल्मी आएका छन् ।
अधिवेशनमा करिब १ सय ६० प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ । अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार सकिनेछ ।


खबर सबै
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग






प्रतिक्रिया