

लायन्स क्लब अफ कपिलवस्तुद्वारा व्हिलचियर हस्तान्तरण


ईसाझाकुरा : हामी सेवा गछौँ, जहाँ दुख्छ त्यहाँ लायन्स पुग्छ भन्ने विश्वासका साथ जिल्लाकै उत्कृष्ट संस्था लायन्स क्लब अफ कपिलवस्तुले विशेष क्षमता भएकालाई व्हिलचियर हस्तान्तरण गरेको छ ।
लायन्स बर्ष २०२३/२४ का सदस्यता विस्तार संयोजक लायन महेन्द्र भुसाल र उहाँकी धर्मपत्नी पार्बती भुसालले आफ्नो एक्काइसौं वैवाहिक बर्षगाँठको अवसर पारी कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका वार्ड नं २ राजपुर निवासी शारिरीक रुपमा अशक्त व्यक्तित्व मित्रलाल घिमिरेलाई व्हिलचियर हस्तान्तरण गरि बर्षगाँठ मनाउनुभएको छ।
आयोजित कार्यक्रममा बोल्दै लायन्स बर्ष २०२३र२४ का सदस्यता विस्तार संयोजक लायन महेन्द्र भुसालले भुजल खर्च कटौती गरेर सामाजिक न्यायका लागि र समस्यामा परेकालाई सहयोग गर्नु नै सबै भन्दा ठुलो सेवा रहेको बताउनु भएको थियो ।
कार्यक्रममा क्लवका अध्यक्ष ओम प्रकाश घिमिरे, प्रमुख अतिथि डिस्ट्रिक्ट डेपुटि सेक्रेटरी लायन सुरेन्द्र घिमिरे, विशिष्ट अतिथि डिस्ट्रिक्ट प्रोग्राम मेम्बर लायन धातानन्द भुसालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम लायन्स क्लव अफ कपिलवस्तु बर्ष २०२३/२४ का अध्यक्ष लायन ओम प्रकाश घिमिरेको अध्यक्षता, डिस्ट्रिक्ट डेपुटि सेक्रेटरी लायन सुरेन्द्र घिमिरेको प्रमुख आतिथ्यता, डिस्ट्रिक्ट प्रोग्राम मेम्बर लायन धातानन्द भुसाल, महेन्द्र भुसालका बुवा भिमलाल भुसाल, आमा तुल्सादेवि भुसाल को आतिथ्यता र लायन्स क्लब अफ कपिलवस्तुका सह सचिव लायन दामोदर पन्थीको सञ्चालनमा आयोजित उक्त कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका द्वितीय उपाध्यक्ष लायन नारायण पौडेल, लायन गोबिन्द पौडेल, लायन नरेश भुसाल, लायन युवराज पन्थ तथा लियो मनिष घिमिरे लगायत स्थानीय समाजसेवीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया