

त्रिशूली बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुख व्यक्त



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिशुलीमा भएको बस दुर्घटनाप्रति दुख व्यक्त गरेका छन्।
प्रधानमन्त्री दाहालले घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्य प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई निर्देशन दिएका छन्।
उनले लेखेका छन्, ‘कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस गजुरीस्थित त्रिशूली नदीमा खस्दा ६ जना यात्रुको मृत्यु भएको खबरले दुखी तुल्याएको छ। मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु, परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उद्दार र उपचारको काम व्यवस्थित र प्रभावकारी तुल्याउन प्रशासन संयन्त्रलाई निर्देशित गर्दछु।’
लुम्बिनीबाट काठमाडौँतिर जादै गरेको लु २ ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीमा दुर्घटनामा परेको थियो ।
सो दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया