लायन्स कपिलवस्तुको आयोजनामा नेतृत्व विकास तालिम सम्पन्न
नवराज बेल्वासे : हामी सेवा गछौँ भन्ने मुल नारालाई आत्मसाथ गर्दै अगाडी बढेको लायन्स क्लव अफ कपिलवस्तुले प्रभावकारी सार्वजनिक भाषण र नेतृत्व विकास तालिम सम्पन्न गरेको छ । आज वाणगंगा नगरपालिका जितपुरमा रहेको होटल माछापुच्छे« को सभाहलमा उक्त तालिम आयोजना गरिएको हो ।
लायन्स क्लव अफ कपिलवस्तु तथा लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनीको संयुक्त रुपमा आयोजित कार्यक्रममा लायन्स लिडरशिप एकेडेमी डिस्ट्रिक ३२५ पिको सहकार्य रहेको थियो ।
लायन्स क्लव ३२५ पिका प्रथम डिस्ट्रिक गर्भनर पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथियता रहेको कार्यक्रममा लायन्स क्लव ३२५ पिका सेकेण्ड भाईस डिस्ट्रिक्ट गभर्नर बालाराम भट्टराईको विशिष्ट आतिथियता रहेको थियो ।
आयोजित तालिममा लायन्स क्लव अफ कपिलवस्तु तथा लायन्स दिदि बहिनीका पदाधिकारीहरु तथा क्लवका सदस्यहरुको सहभागिता रहेको थियो ।
लायन्समा भएका हरेक सदस्यहरुको बोल्न सक्ने क्षमता तथा नेतृत्व लिन सक्ने क्षमतालाई थप आत्मविश्वास बढ्ने उदेश्यका साथ अगाडी बढ्ने तालिमले सहयोग गर्ने हुदाँ तालिमको आयोजना गरिएको लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेले बताउनु भएको थियो ।
आयोजित तालिममा लायन अनिल प्रसाद श्रेष्ठ , लायन डा. शान्ता शर्मा, लायन गोपाल पाण्डे प्रशिक्षकका रुपमा रहनुभएको थियो । तालिममा सहभागि रहेकालाई प्रमाण पत्र तथा उत्कृष्ट पिन प्रदान गरिएको थियो ।
लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरे तथा लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनीको अध्यक्ष रिता अधिकारीको संयुक्त अध्यक्षता तथा लायन्स क्लव अफ कपिलवस्तुका पुर्व अध्यक्ष तथा लायन्स क्लव ३२५ पिका डिस्ट्रिक डेपुटि सेक्रेटरी सुरेन्द्र घिमिरेको संयोजकत्वमा रहेको थियो । कार्यक्रममा सहभागि भएर कार्यक्रम सफल बनाउनका लागि साथ दिने सबै प्रति धन्यवाद दिदै संयोजक घिमिरेले तालिमको समापन गर्नुभएको थियो ।
प्रतिक्रिया