

पाल्पाको रिब्दिकोटमा २४ सै घण्टा जाँड खानेलाई पालिकाले गर्यो फूलमालाले सम्मान



पाल्पा । पाल्पाको रिब्दिकोट २४ सै घण्टा मादक पदार्थ सेवन गरी हिँड्नेलाई सम्मान गरेको छ । गाउँपालिकाले मादक पदार्थ सेवन गर्ने ६० जना व्यक्तिहरूलाई बिहीवार पालिकाको कार्यालय परिसरमा फूलमाला र पोशाकसहित सम्मान गरेको हो ।
मदिराको नशामा लागेका श्रमजीवी विपन्नहरूलाई सही मार्गमा लाग्न प्रेरणा दिन सम्मान अभियान शुरू गरेको गाउँपालिकाले जनाएको हो । गाउँपालिकाका अध्यक्ष नारायण कार्कीले मदिरा सेवन गरेर घर परिवारसँग झैँ–झगडा गर्न बानी छुटाउनका लागि सम्मान र पोशाक दिइएको बताए ।
मदिरा सेवन गर्ने, कमाएको रकम बचत नगर्ने र विपन्न वर्गका श्रमिकलाई मदिरा सेवनबाट हुने हानिनोक्सानीका साथै बचत गर्ने बानीको विकास गर्न सचेतना तथा सम्मान कार्यक्रम राखेको कार्कीको भनाइ छ ।
सो अवसरमा ख्याहाका १०, देउरालीका २०, खस्यौलीका १२, भैरव स्थानका ८, कुसुम खोलाका ३, ठिमुरेका ७ पालुङमैनादीका ४ र फेकका ४ जनालाई सम्मान गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले गाउँ समाजमा रहेको विकृति विङ्गति हटाउँदै समाज सुधार गर्ने नैतिक जिम्मेवारी पालिकालाई भएको बताए ।
सम्मानित हुनेहरूले अबदेखि मदिरा सेवन नगर्ने प्रतिबद्धता समेत जनाएका थिए । पालिका उपाध्यक्ष कान्ता अधिकारीले गलत बाटो लागेका व्यक्तिहरूलाई सहारा दिई सुधार गर्नु स्थानीय सरकारको कर्तव्य र दायित्व भएकोले यो अभियान सुरु गरेको बताइन् ।
कार्यक्रममा आएका अति विपन्न एवं आर्थिक अवस्था कमजोर भएका ३० घरपरिवारलाई पालिका अध्यक्ष कार्कीले आफ्नो तलब भत्ताबाट निःशुल्क रुपमा स्वास्थ्य बीमा गरिदिएका छन् ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया