देशमा आज दिनभर : क्रिकेटमा नेपाल पराजीतदेखि भक्तराज आचार्यको अन्त्येष्टिसम्म

१५ फाल्गुन २०८०,मंगलबार | दिनभर आजमा माओवादी बैठकमा राष्ट्रियसभा अध्यक्ष पाउनुपर्ने माग, माओवादीका गगन पुरीले दिए पदबाट राजीनामा, इलाम-२ मा चुनावी सरगर्मी बढ्यो, रोकिएका विधेयक चाँडो टुङ्ग्याउन निर्देशन, पूर्वप्रमुखद्वय न्यौपाने र गौतमसहित १० जना पक्राउ, मिटरब्याज पीडितद्वारा आफ्ना ६ बुँदे मागबारे सरकारलाई जानकारी, भक्तराज आचार्यको अन्त्येष्टि, नामिबियासँग नेपाल २० रनले पराजितलगायत रहेका छन् ।

माओवादी बैठक : राष्ट्रियसभा अध्यक्ष पाउनुपर्ने माग

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरूले राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने र यसका लागि पार्टी अध्यक्षले गठबन्धनमा अडान राख्नुपर्नेमा सदस्यहरूले जोड दिएका हुन् ।

माओवादी प्रवक्ता अग्नि सापकोटाले बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीबाट हुनुपर्नेमा जोड दिएको र यस विषयमा बुधबारको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए ।

माओवादीका गगन पुरीले दिए पदबाट राजीनामा

जनताका मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री खड्का

इलाम-२ मा चुनावी सरगर्मी बढ्यो

महाधिवेशनमा दस्तावेज लेखनका लागि सुझाव पठाउन निर्देशन

पूर्वप्रमुख खनाल र चिनियाँ राजदूत छनबीच भेट

रोकिएका विधेयक चाँडो टुङ्ग्याउन निर्देशन

राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले सुशासनसम्बन्धी कानुनको तत्काल पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले ‘सुशासनका लागि विधिको शासन र संसद्को भूमिका’ विषयमा भएको छलफलमा सुशासनसँग सम्बन्धित सङ्घीय संसद्मा रोकिएर रहेका विधेयक चाँडो टुङ्ग्याउन निर्देशन दिने निर्णय गरेको समितिका सभापति प्रकाश पन्थले बताए ।

जनताका मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री खड्का

रुसी सेनामा गएका नागरिकप्रति राज्यको दायित्व छ : मन्त्री साउद

स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा कर्मचारीबाटै अवरोध भयो : मन्त्री बस्नेत

मधेश प्रदेशसभामा नाराबाजी

अनुसन्धानमा ढिलासुस्ती नगर्न अख्तियारलाई लेखा समितिको निर्देशन

सूचना प्रविधि क्षेत्रका परियोजना तयार गर्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

पूर्वप्रमुखद्वय न्यौपाने र गौतमसहित १० जना पक्राउ
तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा हाल प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र सेन्चुरी बैंकका तत्कालीन सिइओ तुलसीराम गौतमसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ऋण प्रवाहमा भएको कमजोरीको अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकको पत्राचारका आधारमा न्यौपाने र गौतमलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने पक्राउ

मिटरब्याज पीडितद्वारा आफ्ना ६ बुँदे मागबारे सरकारलाई जानकारी

७० करोड टेप प्रकरणको अनुसन्धान जारी

सलामीसहित भक्तराज आचार्यको अन्त्येष्टि
वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको सलामिसहित अन्त्येष्टि गरिएको छ ।

पशुपतिस्थित आर्यघाटमा छोरा स्वरूपराज आचार्य र सत्यराज आचार्यले दागबत्ती दिएर उनको अन्त्येष्टि गरिएको हो ।

पशुपतिस्थित आर्यघाटमा उनलाई गायक, संगीतकार, कलाकारदेखि सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

भजन शिरोमणिका रुपमा सुप्रसिद्ध आचार्यको शरीरमा एक्कासि अक्सिजनको मात्रा घटेपछि हिजो मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो ।

अलबिदा भक्तराज आचार्य!

आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति : ओली

भक्तराजलाई श्रद्धाञ्जली दिन पुगे प्रधानमन्त्री प्रचण्ड

भक्तराजलाई अन्तिम श्रद्धाञ्जली

भक्तराज आचार्यको आजै अन्त्येष्टि

सम्झनामा भक्तराज आचार्य :

नामिबियासँग नेपाल २० रनले पराजित
नेपाल नामिबियासँग पराजित भएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो ।

नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा अल आउट हुँदै १८६ रन बनाएको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाए भने कप्तान रोहित पौडेलले ४२ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३२, सोमपाल कामीले ११ बलमा २६ रन तथा गुलशन झाले १२ रन बनाएका थिए ।

साफ यु-१६ को महिला फुटबलमा सहभागी हुन भुटानको टिम नेपालमा

पुलिसलाई हराउँदै मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा

सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : प्रधानमन्त्री मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सन् २०३५ सम्म मुलुकसँग आफ्नो अन्तरिक्ष स्टेसन हुने र यसले त्यहाँको अज्ञात विस्तारको अध्ययनमा सहयोग गर्ने बताएका छन् ।

तिरुवनन्तपुरममा विक्रम साराभाई अन्तरिक्ष केन्द्र(भिएसएससी) मा एक भेलालाई सम्बोधन गर्दै उनले भारतीय अन्तरिक्ष यात्री आफ्नै रकेटबाट चन्द्रमाको सतहमा अवतरण हुने बताए ।

प्रतिक्रिया

खबर सबै