
अस्ताए ‘भक्तराज’ यी कलजयी गीतहरु छाेडेर

नेपाली संगीतमा दर्जनाैँ अजर अमर गीत तथा भजनहरू पस्केका वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यले साेमबार ८१ वर्षकाे उमेरमा अन्तिम सास लिए । शरीरमा अक्सिजनकाे मात्रा घटेपछि अपराह्न ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै उनी ब्रह्मलीन भए ।
स्वर्गीय आचार्य नेपाली सुगम संगीत तथा भजनमा पारंगत थिए । उनले भजनशिराेमणिकाे उपाधि नै पाएका थिए । ३० को दशकको सुरुवातसँगै उनको सांगीतिक जीवनले रूप पाएकाे थियाे ।
२०३० सालमा काठमाडौंमा भएको अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’मा उनले गाएको ‘होसियार यस बखत समयको मुखलाई चिन…’ गीत पहिला भएकाे थियाे । प्रतियोगितामा पहिलाे भएपछि भक्तराजले रेडियाे नेपालमा जागिर सुरु गरेका थिए । त्यसयता २०४६ सालसम्ममा उनले साढे चार सय गीत रेकर्ड गरिसकेका थिए ।
अधिकांश गीत उनले आफ्नै रचनामा तयार पारेका थिए । २०४६ सालको एक साँझ बौद्धमा उनीमाथि सांघातिक हमला भएकाे थियाे । त्यसयता उनको गायनयात्रामा विराम लागेकाे थियाे । उनका दुई छाेरा सत्यराज र स्वरुपराज पनि नेपाली सुगम संगीतमा स्थापित छन् ।
उनीहरूले बुबाकाे सांगीतिक जीवन राेक्नकै लागि सांघातिक हमला भएकाे संकेत विभिन्न अन्तर्वार्ताहरूमा दिने गरेका छन् । भक्तराज पछिल्लाे ३० वर्षयता दूध मात्रै खाएर बाँचिरहेका थिए ।
यी हुन् भक्तराजका बहुचर्चित गीतहरू:
जीवन भनुँ त घात छ…
मुटु जलिरहेछ, यो मन गलिरहेछ…
जति चोट दिन्छौ देऊ मायालु…
सबै बेहोसी नशा पिएर…
हजार आँखा हेर्ने मेरी मायालुलाई…….
भुल्नै सकिनँ त्यो क्षण मिलनको…
सबैबाट तिरस्कृत…
यो कथा सुरु गरेर…
आँसुजस्तो हो जीवन…
हजार सपनाहरूको माया लागेर आउँछ…
जहाँ छन् बुद्धका आँखा…
कोही नगरोस् प्रेम अमर….
भक्तराजका बहुचर्चित भजनहरू
एक दिन मैले प्रभुसँग सोधेँ
तन मन वचनले
सब निदाए प्रभु
लौन अब मेरो प्रभु
जगतकी आमा
अनन्तदेखि बगिरहेको
जय गुरु गणपति मंगल मूर्ति
श्रीराम प्रभुको चरणकमलमा
प्रेम प्रभुको शाश्वत् धारा
बजिरहेछ बाँसुरी
भगवान् जीवन नाऊ
भव सागरमा डुबिसकेँ म
रहेन छ केही
कति लिन्छौ परीक्षा भगवान्
दु:खैदु:ख मिल्दा पनि
दुर्गे देऊ भक्त्ति मलाई
न धन त्यागेर त्यागी हुन्छ
हामी भुलेछौँ धन जन मधले
हे मनमोहन मुरलीवाला
सजल सजल यो नैन भिखारी
राम यहीँ छन् श्याम यहीँ छन्
भगवान् दर्शन कसरी पाऊँ ?
ईश्वर प्रभु नै अन्तर्यामी
| शीलापत्रबाट |


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया