

लायन्स उपाध्यक्ष घिमिरेको जन्मोत्सव बालगृहका बालवालिकासँग





कपिलवस्तु : लायन्स क्लव अफ कपिलवस्तुका उपाध्यक्ष सागर घिमिरेले आफ्नो जन्मदिन बालगृहका बालवालिकासँग मनाएका छन् । जन्मदिन आयो कि साथीभाइ जम्मा हुने केक काट्ने हजारौँ रकम खर्च गर्ने वातावरणलाई हटाउनु पर्ने आफ्नो सोच भएका कारण पनि यस पटकको जन्मउत्सव वालगृहका बालवालिकासँग मनाएको उपाध्यक्ष घिमिरेले बताउन्छन् ।
उनले थपे हामी सेवा गछौँ भन्ने मान्यताका साथ अगाडी बढेका छौँ त्यसले पनि आफु भन्दा कम भाग्यमानीलाई सहयोृग गर्नु नै सबै भन्दा ठुलो धर्म हो त्यसकारण मैले बालगृहमा जन्मदिन मनाए घिमिरेले भने । अन्य ठाउँमा खर्च गर्ने रकमले वाल गृहका बालबालिकाहरुको लागि खाद्यान्न सहयोग गरेका हुन् ।
खाद्यान्न वितरण कार्यक्रम लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२३/२४ का अध्यक्ष ओम प्रकाश घिमिरेको अध्यक्षता, बालगृह प्रमुख राम प्रसाद अर्याल, बालगृह कर्मचारी श्याम गौतम, दिनेश बोगटी, कविता डङ्गोरीया, आई.पि.डि अन्जना थापा, उपाध्यक्ष नारायण पौडेल, कोषाध्यक्ष गिरीराज कंडेल, सह–सचिव दामोदर पन्थी, डाइरेक्टर युवराज पन्थ, तुलसीराम थारु, मदन अर्याल लगायतको उपस्थिती कार्यक्रममा क्लवका सचिव राम प्रसाद भुसालको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।


खबर सबै
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया