
नेपाल शिक्षक संघ बाणगङ्गाको पाँचौ नगर प्रतिनिधि सभा सम्पन्न

कपिलवस्तु । पुर्व संविधान सभा सदस्य अतहर कमाल मुसलमानले बाणगङ्गामा एमालेले जितिसकेपछि निरन्तर शिक्षामा प्रहार भैरहेको बताउनुभएको छ । अब बाणगंगा सहित सिङ्गो जिल्ला र राष्ट्रको शिक्षामा गुणस्तर वृद्धि गर्नको लागि नेपाल शिक्षक संघले महत्वपुर्ण कदम चाल्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
शनिवार कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहल चारनम्बरमा भएको नेपाल शिक्षक संघ बाणगङ्गाको पाँचौ नगर प्रतिनिधि सभाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउने उद्देश्यले स्थापना भएको संस्थालाई अब सबै शिक्षकहरु मिलेर मजबुत बनाउन आवश्यक रहेको बताउनुभयो । आफुहरु संघको साथमा रहेको भन्दै अब नगरपालिकालाई दबाब दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै नगर समिति अध्यक्ष राम प्रसाद भण्डारीले नेपाल शिक्षक संघ र बाणगङ्गा नगर समितिको स्थापना र यसको विकासको बारेमा बताउनुभयो । नेपाल शिक्षक संघ विशुद्ध शिक्षकहरुको अधिकार र क्षमता विकास गर्ने उद्देश्यले स्थापना भएको स्मरण गराउनुभयो ।
त्यस्तै नेपाली काङ्गे्रश जिल्ला सचिव शक्ति सिंह ठकुरी, नगर अध्यक्ष विष्णु थापा, नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष दधिराम न्यौपाने, प्रदेश सदस्य कुलराज पौडेल, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री, निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, नवयुग शिक्षक पेशागत सहकारीका अध्यक्ष गोविन्द पोख्रोल, अवकास प्राप्त शिक्षक ज्ञान प्रसाद पाण्डे लगायतले बोल्दै शिक्षकहरुको हक अधिकारको लागि यस संस्थालाई बलियो बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा संघका पदाधिकारी, शिक्षक, पत्रकार, नेपाली काङ्गे्रशका जिल्ला तथा नगरका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।
अवकाश प्राप्त शिक्षक, उच्च शिक्षा पास गरेका, सरुवा भई बाणगंगा नगर भित्र आएका लगायत शिक्षक शिक्षिकाहरुलाई सम्मान समेत गरिएको कार्यक्रम नेपाल शिक्षक संघ बाणगङ्गा नगर समिति उपाध्यक्ष मिना कुमारी चौधरीको स्वागत तथा सचिव माधव घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया