को हुन् सर्वाधिक मत ल्याउने वाणिज्य उपाध्यक्ष नारायण पौडेल
नवराज बेल्वासे : हालै सम्पन्न कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ साधारण सभा तथा ८ औँ अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनबाट काङ्ग्रेस निकट अध्यक्ष उम्मेदवार गणेश क्षेत्री बिजय भए तर एमाले निकट मोहन न्यौपाने पराजित भए । त्यहीँ न्यौपाने पयानलबाट वाणिज्य उपाध्यक्ष पदमा लडेका नारायण पौडेलले भने सर्वाधिक मत प्राप्त गरेका छन् । २०८७ खसेको मत मध्ये १२२० मत नारायण पौडेल एक्लैले प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी घनश्याम अधिकारीले ६६३ मत प्राप्त गरे, अधिकारी काङ्ग्रेस निकटबाट ५ दलिय गठबन्धनबाट चुनाब लडेका थिए ।
जिवनकै पहिलो पटक चुनाब लडेका हँसिलो अनुहार भएका नारायण पौडेल चर्चित युवा व्यवसाय हुन् ।
को हुन् त पौडेल
वाणिज्य उपाध्यक्षमा निर्वाचित नारायण पौडेल सिद्धार्थ ट्रेडर्स (हिरो सोरुम) चार नम्बर, ईन्डोफर्म ट्रयाक्टर, सत्यवती ईन्फास्ट्रक्चर प्रा.लि.बरवा सन्चालन गरेका छन् भने ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुल राजपुर का अध्यक्ष, लायन्स क्लव अफ कपिलवस्तुका उपाध्यक्ष, लुम्बिनी अटोमोवाईल एसोसियसन अफ नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष, कपिलवस्तु कृषि सहकारी संस्था लि.का कोषाध्यक्ष पदमा रहि कुशलता पुर्वक आफ्नो जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
प्रतिक्रिया