

शैक्षिक सामग्री प्रदर्शनी,युनाइटेड मा.वि लाई ‘डबल’ सफलता



जितपुर । शुक्रबार बाणगंगामा आयोजना गरिएको एक कार्यक्रममा विद्यार्थिहरु सहभागी थिए। जहाँ उनीहरु आफु र आफ्नो दैनिक अध्ययन प्रयोजनमा आउने सामग्रीहरुको अवलोकन गरिरहेका देखिन्थे । बाणगंगा नगरपालिकाले आयोजना गरेको शैक्षिक सामग्री प्रर्दशनी कार्यक्रममा सहभागी विद्यार्थीहरुले विभिन्न विद्यालयका विद्यार्थीहरुबाट निर्मित शैक्षिक सामग्रीको अवलोकन तथा अध्ययन भइरहेको थियो । उक्त कार्यक्रम नगरभित्रका विभिन्न तहका भिन्नाभिन्नै प्रतिश्प्रधात्मक तवरबाट राखिएको थियो ।
बाल मावि बैरियामा सन्चालन भएको शैक्षिक साम्रागी प्रदर्शनीमा तहगत रुपमा उत्कृष्ट सामग्री बनाउने विद्यालयलाई पुरस्कृत समेत गरिएको छ । प्रदर्शनीमा लगभग २५ विद्यालयको सहभागिता रहेकोमा दैनिक पाठ्क्रममा समावेश भएका भौतिक शैक्षिक व्यवस्थापन लगायत विद्यार्थी अभिभावक र शिक्षकहररूको अवस्था झल्कने गरी पाश्वचित्र बनाएर प्रर्दशन गरेको थिए ।
कार्यक्रमका अध्यक्ष तथा वाणगंगा नगरपालिका उपप्रमुख रिता कुमारी थारुले विद्यार्थीको लागि सिक्दै सिकाउदै, पढ्दै कामउदै भन्ने मुल नाराका साथ विद्यार्थीको शैक्षिक क्षमता बृद्धि भएकोे बताइन् । उनले शैक्षिक साम्रागी प्रदर्शनीले शैक्षिक अबस्थामा समेत सुधार हुदै जाने बताउदै नगरले कार्यक्रमलाइ निरन्तरता दिदै आएको बताइन् ।
शैक्षिक क्षेत्रको गुणस्तरीय विकासको लागि वाणगंगा नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले यस्ता कार्य गदै आएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि सीले जानकारी गराए । विद्यार्थीको पठनपाठनमा के कस्तो रुचि चाहाना छ भन्ने कुरा पता लगाउन यस्ता शैक्षिक साम्रागी प्रदर्शनीमा कार्यक्रम आवश्यक रहेको बताए ।
नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष विष्णु प्रसाद भन्डारीले कपिलबस्तु जिल्लामा पहिलो पटक वाणगंगाले शैक्षिक साम्रागी प्रदर्शनको सुरुवात गरेको बताए । पाश्वचित्रमा उललेख भएका शैक्षिक सुचकले समग्र नगर शिक्षाको अवस्था झल्काउने आधारमा मूयाकङ गरी उत्कृष्ठ विद्यालयलाई पुरस्कार समेतको घोषणा गरिएको छ ।
उक्त प्रदर्शनीमा बाल विकास तर्फ सिटी मन्टेश्वरी प्रथम, बाल मा.वि.बैरिया द्वितीय, युनाइटेड स्टुडेन्ट एकेडेमी चप्परगाउँ तृतीय, वाणगंगा मा.वि.गजेहडा र मनकामना संस्कृत विद्यालय नन्दनगर सान्त्वना भएका छन् ।
त्यसै गरी आधारभूत तह तर्फ सूर्योदय आधारभूत विद्यालय चप्परगाउँ प्रथम, नवदुर्गा आधारभूत विद्यालय मोतिपुर डाँडा द्वितीय, दुर्गाभवानी आधारभूत विद्यालय कर्महना तृतीय र नेपाल राष्ट्रिय आधारभूत विद्यालय अहिरौली सान्त्वना भएका छन् ।
यस्तै माध्यमिक तर्फ पारिजात मा.वि.बनगाई प्रथम, युनाइटेड स्टुडेन्ट एकेडेमी चप्परगाउँ द्वितीय, ओदारी मा.वि.ओदारी तृतीय, जनता मा.वि.पिपरा सान्त्वना भएका छन् । उक्त प्रदर्शनीमा बाल माध्यमिक विद्यालय र वाणगंगा मा.वि.का विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया