

उद्योग बाणिज्य संघ कपिलवस्तुको निर्वाचन आज, कसले मार्ला बाजी





नवराज बेल्वासे : उद्योग बाणिज्य संघ कपिलवस्तुको निर्वाचन आज हुने भएको छ । निर्वाचन कार्यतालिका अनुसार आज मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
भोट हाल्नका लागि मतदाताले आफ्नो परिचय खुल्ने परिचय पत्रका साथ आउनु पर्ने छ ।
उद्योग वाणिज्य संघ कपिलवस्तुकै भवनमा बिहान ९ बजे देखि ४ बजे सम्मका लागि मतदानको समय निर्धारण गरिएको निर्वाचन समितिका संयोजक गुणनिधि भुषालले बताउनुभयो ।
उद्योग बाणिज्य संघमा २ हजार ८८ मतदाता रहेको उद्योग वाणिज्य संघमा भने उम्मेद्धावरहरुले आफ्नो जित निश्चित भएको दाबी समेत गरेका छन् । आगमी ३ वर्षेका लागि अध्यक्ष पदमा वाणगंगा नगरपालिका वडा नम्बर ४ पुर्व वडाध्यक्ष गणेश क्षेत्री, व्यवसायी मोहन न्यौपाने र लक्ष्मण कडेल चनावी प्रतिस्पर्धामा रहेका छन् । सम्रग रुपमा हेर्ने हो भने संयुक्त ५ दलिय गठबन्धनका आधारमा क्षेत्री प्यानल बलियो देखिन्छ भने न्यौपानेको प्यानल पनि कमजोर नरहेको मतदाताहरु बताउन्छन् ।
उसको कडेल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व गदै चुनावी माहोलमा तातेका छन् ।
सम्रगमा हेर्दा क्षेत्री र न्यौपाने मध्ये अगामी कार्याकालका लागि एक जना संघको नेतृत्वमा आउने पक्का रहेको छ । कडेल भने बस्तुस्थति र अब परिवर्तन चाहनेले आफुलाई भोट हाल्ने भन्दै आफ्नो जित निश्चित रहेको बताउन्छन् ।
तर सम्रग रुपमा अध्ययन गर्ने हो चार नम्बर क्षेत्र क्षेत्रीका लागि बलियो एरिया हो भने बोर्डगाउँ एरिया न्यौपानेका लागि बलियो मानिदै आएको छ । यद्यपी न्यौपाने र क्षेत्री मध्ये कसले बाजी मार्ला त्यो चुनाबी नतिजाले बताउने छ । २०८८ मतदाता रहेको संघमा करिब १५ सय मत खस्ने अनुमान गरिएको छ ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया