

ज्ञान ज्याेतिमा खेलकुद सहित खाना महाेत्सव



रामबहादुर गन्धर्व –२६माघ । कपिलवस्तुकाे बाणगंगा नगरपालिका वडा नं.६बैदौली स्थित कपिलवस्तु ज्ञानज्याेति शिक्षा सदनमा खेलकुद सहित खाना महाेत्सव सम्पन्न भएको छ।
बिद्यालयले माघ २३ -२५गते सम्म खेलकुद सप्ताह अन्तर्गत ३दिने क्रिकेट ,दौड ,फुडबल,भलिबल ,कबड्डी लगायतका खेलकुद सम्पन्न गर्दै बिद्यार्थीहरूकाे ज्ञान,सीप -संस्कारकाे संरक्षण गर्नुका साथै उनिहरूकाे भविष्यमा केही गर्न सकुन भन्ने उद्वेश्यले शुक्रबार (food fasteval) ,खाना महाेत्सव सञ्चालनमा ल्याएको हाे।
उक्त महाेत्सवमा विभिन्न परिकारका खानाहरू जस्तैः सेलरोटी ,ढिकरी,बरिया,पकौडा ,चिया ,तिलराेटी ,मम:मासु -अचारका परिकारहरू बनाइ प्रर्दशनका साथै बिक्री गरेका थिए। कक्षा छ देखि १०सम्मका बिद्यार्थीहरूले आयोजना गरेको महाेत्सवकाे अभिभावक , स्थानीय समाजसेवीहरूले अवलोकन गर्दै प्रशंसा समेत गरेका थिए भने आयोजित कार्यक्रमका बिद्यार्थीहरूले पनि यस्ता अतिरिक्त क्रियाकलापले आफुहरूलाई भविष्यमा जिवनपयाेगी हुनुका साथै सहयोग पुग्ने बताउदै बिद्यालय परिवारलाई धन्यवाद दिएका थिए। भने बिद्यालयका प्रचार्य ठाकुर प्रसाद पाेख्रेल ,सहायक प्र.अ. प्रकाश बि.क.ले पनि बिद्यार्थीहरूकाे ब्यवशायीका शिक्षाप्रति खुसि ब्यक्त गरेका थिए।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया