

दाङ : १५ वर्षपछि भारतबाट फर्किए, घर फेला पार्न ३ दिनदेखि गाउँ डुलाएको डुलायै प्रहरी



दाङ : १५ वर्षपछि घर फर्किएका युवकको घर फेला पार्न प्रहरीलाई कठिन भएको छ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर घर बताउने १८ वर्षीय दीपक चौधरीको घर र अभिभावक प्रहरीले तीन दिनदेखि खोजिरहेको छ। प्रहरीले उनको तस्बिरसहित सूचना पनि जारी गरेको थियो।
तर अझै पनि उनको घर र परिवार फेला नपरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।
भारतीय प्रहरीले दीपकलाई कैलाली प्रहरीको जिम्मा लगाएको थियो। कैलाली प्रहरीले उनलाई दाङ पठाएको हो।
‘उहाँ सोमबार दाङ आउनु भएको हो,’ डिएसपी मल्लले भने, ‘उहाँले भनेका ठाउँहरूमा हामीले तीन दिन घुमाउँदा पनि उहाँको घर तथा अभिभावक पत्ता लगाउन सकेका छैनौं।’
उनी सानो हुँदा ठूलाबुवाले आफूलाई भारत लगेको दीपकले प्रहरीसँग भनेका छन्। उनले आफ्नी आमाको नाम गीता र बाजेको नाम गोपाल बताएका छन्।
उनले सानो उमेरमा पढेको विद्यालयको नाम पनि बिर्सेका छन्। जसकारण उनको परिवारसँग पुनर्मिलन गर्न कठिन भइरहेको डिएसपी मल्लले बताए।
‘हामीले एउटा गाउँको विद्यालयमा पुर्याउँदा उहाँले एक जना शिक्षकलाई चिनेँ भनेर भन्नुभयो,’ डिएसपी मल्लले भने, ‘तर ती शिक्षकले दीपकलाई चिनेनन्।’
प्रहरीले अझै पनि सम्भावित गाउँहरूमा उनलाई घुमाइरहेको छ। उनलाई चिन्नेले प्रहरीलाई सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया