

उद्योग बाणिज्य संघको साधारण सभा, अर्थमन्त्री डा.महतले उद्घाटन गर्ने





कपिलवस्तु उद्योग बाणिज्य संघको १६ औँ साधारण सभा तथा आठौँ अधिवेशनको उद्घाटनका लागि नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महत आज कपिलवस्तु आउँदै हुनुहुन्छ । माघ २३ गते अर्थात् आज विहान ११ बजे संघको कार्यालय रहेको प्राङ्गणमा डाक्टर महतले अधिवेशनको उद्घाटन गर्नुहुने भएको छ ।
महासचिव मनोज पौडेलले साधारण सभामा यसरी पहिलो पटक उच्च पदस्थ ब्यक्ति झिकाइएकोले उद्योगी, ब्यवसायी लगायत सबैलाई उपस्थित हुन आग्रह गर्नुभयो ।
निकै छोटो समयका लागि अर्थमन्त्री महत जिल्लामा आउन लागेकाले सहभागि भएर कुराहरु सुन्न महासचिव पौडेलको उद्योगी ब्यवसायीलाई आग्रह छ । मन्त्री आएको अवसर पारी संघको तर्फबाट ब्यवसायीका पीर र मर्का राखिने कार्यक्रम रहेको पौडेलले बताउनुभयो ।
अर्थमन्त्री महतसंगै, प्रदेशका मन्त्री, सांसद, मेयर लगायतका जनप्रतिनिधिको पनि सहभागिता हुने पौडेलले बताउनुभयो । संघका अध्यक्ष डोलकराम घिमिरेले आफ्नो कार्यकाल सफल बनाउन भूमिका निर्वाहा गर्ने सबैलाई धन्यबाद दिँदै अधिवेशनमा सहभागिताको लागि सबैलाई आग्रह गर्नुभयो ।
साधारण सभामा बार्षिक, आर्थिक र प्रगति, लेखा प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको कपिलवस्तु उद्योग वाणिज्य संघका लेखा समिति संयोजक मोहन न्यौपानेले लुम्बिनी दर्पणलाई बताउनुभयो । उद्घाटन सत्र सकिए पछि आगामी नेतृत्वको लागि निर्वाचन प्रकृया सुरु हुने अध्यक्ष घिमिरेले बताउनुभयो । संघमा करिब २ हजार १ सय सदस्य आवद्ध छन् ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया