

प्यूठानमा थालियो काेराेना बिरुद्धकाे खाेप अभियान



प्युठान । प्यूठानमा कोरोना भाइरसविरुद्ध फाइजर खोप अभियान सञ्चालन गरिने भएको छ । कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान यही माघ २४ देखि २८ गतेसम्म सञ्चालन गरिने छ ।
उक्त खोप १२ वर्षमाथिका व्यक्तिलाई विभिन्न खोप केन्द्रबाट जिल्लाभर लगाइने जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख मधुसूदन खड्काले जानकारी दिए । खोपको पहिलो मात्रा नलगाएका, थप बुस्टर डोज लगाइसकेका बाहेकका व्यक्तिलाई लक्षित गरिएको उनले बताए । उनले भने, “जिल्लाका ४१ हजार ७० जनालाई खोप अभियानले समेट्ने छ ।”
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा २०७७ माघ १५ गतेयता कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या दुई लाख सात हजार नौ सय ३०, दोस्रो मात्रा लगाएका एक लाख ९५ हजार एक सय ८७, पहिलो बुस्टर लगाएका एक लाख ६ हजार चार सय ४३ तथा थप बुस्टर लगाएका ३० हजार चार सय २० जना छन् ।
स्वास्थ्य कार्यालयले यस अभियानमा नागरिकस्तरमा अग्रभागमा खटिने शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दीर्घरोगी र वृद्धवृद्धालाई प्राथमिकतामा राखेको छ । अभियानभर खोप केन्द्र, तोकिएका विद्यालय, अभियानको अन्तिम दिन सबै स्वास्थ्य संस्थाबाट खोप दिइने गरी तयारी गरिएको स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन कौशलराज वैद्यले जानकारी दिए । रासस


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया