

दाङ : खाना पकाउँदा सल्केको आगोले जल्दा एकको मृत्यु

दाङ : दाङमा खाना पकाउने क्रममा कपडाबाट सल्केकाे आगाेले जलेर एक जनाकाे मृत्यु भएकाे छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मी चाैधरीकाे जलेर मृत्यु भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिएका छन ।
बिहिवार साँझ पाैने ८ बजेतिर चौधरीले घरमा दाउरा बालेर चुलोमा खाना पकाउने क्रममा कपडा बाट शरीरमा आगाे सल्किदा मृत्यु भएकाे भन्ने खबर आएको प्रहरीले बताएको छ ।
घरमा कोही नभएको समयमा घटना भएको स्थानीयले खवर गरेका थिए । ईलाका प्रहरी तुलसीपुरबाट प्रहरी निरिक्षक नवराज के.सी.को कमाण्डमा ५ जनाको टोली घटनास्थल पुग्दा चाैधरीलाई मृत अवस्थामा फेला पारेकाे थियाे। घटनाका विषयमा थप अनुसन्धान भैरहेकाे प्रहरी प्रबक्ता मल्लले जानकारी दिए ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया