

बुटवल प्रहरीद्धारा ६ क्वीटल मरेका प्रतिबन्धित माछा बरामद



बुटवल । बुटवल प्रहरीले भारतबाट बुटवलतर्फ ल्याइँदै गरेको ६ सय केजी प्रतिबन्धित मरेको माछा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले भन्सार छलेर बुटवलतर्फ ल्याउँदै गरेको उक्त परिमाणको प्रतिबन्धित मरेको माछा बरामद गरेको हो ।
बुधबार बुटवल ११ योगिकुटीचोकमा बेलहियाबाट बुटवलतर्फ आउँदै गरेको बस खानतलासीका क्रममा बैखी जातको प्रतिबन्धित माछा बरामद भएको हो ।
भन्सार छली चोरी निकासी गरी अवैध बैखि जातका माछा ओसारपोसार भइरहेको सूचनाको आधारमा भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको माइक्रो बस चेकजाँच गर्दा बसको पछाडि डिक्कीमा लुकाइछिपाई राखेका प्लाष्टिकको ८ वटा बोरामा ६ सय केजी प्रतिबन्धित बैखी जातका मरेका माछा फेला परेको बुटवल प्रहरी प्रमुख विजयराज पण्डितले बताउनुभयो ।
बरामद भएको माछालाई स्थानीय प्रतिनिधिको रोहवरमा इलाका प्रहरी कार्यालयको कम्पाउण्डभित्र खाडल खनेर नष्ट गरी गरिएको छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया