

अयाेध्यामा राम मन्दिरको उद्घाटन, कपिलवस्तुमा पालिकाले दिए बिदा



कपिलवस्तु । भारतको अयोध्यामा राम मन्दिरको अभिषेक र प्राण प्रतिष्ठा हुने दिन कपिलवस्तुका २ पालिकामा बिदा दिइएको छ । जिल्लाको सुद्धोधन गाउँपालिका र कृष्णनगर नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै यही माघ ८ राम मन्दिरको अभिषेक र प्राण प्रतिष्ठाका दिन बिदा दिइएको जानकारी दिएका हुन् ।
सुद्धोधन गाउँपालिकाका प्रमुख कमलेश चौधरी र कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले जारी गरेको सूचनामा उक्त दिन पशुपक्षीको बध र मासु तथा मदिराको बिक्री वितरणमा समेत रोक लगाइएको उल्लेख छ ।
नेपाली चेली सिताको विवाह भगवान् रामसँग भएकाले आफूहरुले स्थानीय बिदा दिइएको गाउँपालिका प्रमुख चौधरीले बताए ।



खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया