

लामो समयसम्म मोबाइल र कम्प्युटरमा भिडियो गेम खेल्नेहरुको श्रवणशक्ति गुम्ने समस्या




एजेन्सी – लामो समय मोबाइल, ल्यापटप वा कम्प्युटरमा भिडियो गेम खेल्नेहरूको श्रवणशक्ति गुम्ने तथा उनीहरूमा ‘टिनिटस’ अर्थात् लगातार घण्टी बजेजस्तो सुनिने समस्या हुने गरेको पाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र अमेरिकाको दक्षिण केरोलिना विश्वविद्यालयका विशेषज्ञहरूले ५० हजार जनाभन्दा धेरैमा गरेको अध्ययनले यस्तो पुष्टि गरेको हो । उत्तर अमेरिका, युरोप, दक्षिण एसिया, एसिया, दक्षिण पूर्व एसिया र अस्ट्रेलियाका गरी १४ जना विशेषज्ञले ५३ हजार ८ सय ३३ जनामा गरेको अध्ययन ओपन एक्सेस जर्नल बीएमजे पब्लिक हेल्थमा प्रकाशित गरिएको छ ।
सहभागीमध्ये २० देखि ६८ प्रतिशतले भिडियो गेमका कारण कानमा लगातार घण्टी बजेजस्तो सुनिने र झन्झनाहट हुने गरेको बताएका थिए । हेडफोन, इअरबर्ड, एअरफोन लगाएर गेम खेल्दा, गीत सुन्दा आउने तीव्र गतिको ध्वनिका कारण श्रवणशक्ति गुम्ने सम्भावना बढेको अध्ययनमा उल्लेख छ ।
एक अध्ययनले अमेरिकाका १ करोडभन्दा बढी मानिसले श्रवणशक्तिमा असर गर्ने खालको तीव्र गतिको आवाज सुन्ने गरेको पुष्टि गरेको थियो । अमेरिकासँगै विश्वभर हेडफोन, इअरबर्ड, एअरफोन प्रयोगकर्ता तथा भिडियो गेम खेल्नेहरूको सङ्ख्या बढिरहँदा जोखिम बढेको अध्ययनको निष्कर्ष छ । विशेषगरी स्कुले बालबालिका, किशोरकिशोरी, भिडियो गेम खेल्नेहरूमा श्रवण समस्या बढी देखिएकाले भिडियो गेम लगायतबाट आउने उच्च गतिको आवाजको जोखिमबारे सचेत गराउनुपर्ने विज्ञहरुको सुझाव छ ।
डब्ल्यूएचओको निर्देशनअनुसार वयस्कहरूले हप्ताको ४ घण्टाका लागि ८५ डेसिबल्स र हप्ताको १ घण्टा १५ मिनेटका लागि ९० डेसिबल्स सुन्न सक्छन् । फोर शुटिङ गेममा हेडफोनको औसत आवाज ८८ दशमलव ५ डेसिबल्सदेखि ९१ दशमलव २ डेसिबल्ससम्म हुने गरेको अध्ययन क्रममा पत्ता लागेको छ ।
यस्तै, भिडियो गेम खेल्दा आवाज कम गर्न, १ घण्टामा कम्तीमा ५ मिनेट कानलाई आराम दिन सुझाव दिइएको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया