

बाणगंगाकाे युनाइटेड स्कुलका विद्यार्थीलाई ‘सदाचार शिक्षा’




कपिलवस्तु । विद्यालय उमेरका बालबालिकालाई किताबी ज्ञान मात्रै हाेइन, व्यवहार र संस्कार सहितको शिक्षा पनि आवश्यक हुन्छ । त्यस्ताे शिक्षा घर, परिवार, समुदाय र स्कुलले दिन सक्छन् । कतिपय विद्यालय र परिवारले बालबालिकाको याे आवश्यकता पूरा गराउन ध्यान दिन नसकेका पनि हुन सक्छन् । तर यही बेला कपिलवस्तुको बाणगंगा ८ चप्परगाउँ स्थित युनाइटेड स्टुडेन्ट एकेडेमी माध्यमिक विद्यालयले भने विद्यार्थीलाई सदाचार सहितकाे शिक्षाको सुरुवात गरेकाे छ ।
बालबालिकाहरुमा योग, साधना, असल आचरण, संस्कार मार्फत उनीहरुमा भावनात्मक ब्यवहार रुपान्तरण सहित असल मनोभाव बिकासका लागि बिहिवार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका २०५ जना विद्यर्थिहरुलाई सदाचार शिक्षा तथा अभिमुखिकरण कार्यक्रम गरिएको युनाइटेडले जनाएको छ ।

सधै विद्यालय पाेशाकमा कक्षा काेठामा बसेर पाठ्यक्रममा आधारित पुस्तककाे रटान गर्ने विद्यार्थीहरू सदाचार शिक्षाका लागि बाणगंगाकाे प्रशिद्ध स्थल कपिलधाममा सहभागी थिए । अहिलेका बालबालिकाहरुलाई कक्षाकोठामा अध्यापन गराइने निर्दिष्ट पाठ्यक्रम सिकाइले मात्र उनीहरुको असल जीवन निर्माण पर्याप्त नहुने हुदा उनीहरुकाे असल जीवन निर्माणका लागि याे कार्यक्रम आवश्यक रहेकाे विद्यालयका प्रिन्सिपल कृष्ण के.सीकाे भनाइ छ ।
विद्यालय तह देखि नै असल सम्बन्ध निर्माण, असफलतामा सम्हालिने क्षमताको विकास, क्षमाशिलता, लगनशीलता, धैर्यता, उदारता, करुणा, परोपकारिता, सत्यता जस्ता गुणकाे विकासका लागि यस्ता कार्यक्रम आवश्यक हुने विद्यालयकाे विश्वास छ । यसबाहेक विद्यार्थीमा वित्तिय ब्यवस्थापन एबम शारिरिक र मानसिक स्वास्थ्य कायम गरि स्वस्थ्य आचरण, स्वस्थ विचार सहित स्वस्थ जीवनयापनाका बिविध आयामका सन्दर्भमा आध्यात्मिक ब्यक्ति, पुर्बिय दर्शनका विज्ञ, प्राकृतिक आरोग्य चिकित्सक सन्त बाबा योगिराजले प्रशिक्षण दिनु भएको विद्यालयका शिक्षक विश्वास घिमिरेले जानकारी दिनुभएकाे छ ।

यस किसिमका कार्यक्रम तथा शिक्षाले बालबालिकालाई समयसँगै आउने जीवनका उतारचढावमा निर्णय क्षमताकाे समेत विकास हुने अपेक्षा गरिएको छ । सहभागी विद्यार्थीले समेत विद्यालय शिक्षा सँगसँगै आफुहरुलाई व्यवहारिक सीप र आचरणकाे शिक्षा पनि आवश्यक रहेकाे बताएका छन् ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया