

कपिलवस्तुको बनमा पहिलो पटक बाघ भेटिएको पुष्टि





कपिलवस्तु : कपिलवस्तुका विभिन्न बनमा बाघ भएको हल्ला भए पनि यसको आधिकारीक पुष्टि भने भएको थिएन । तर यस पटक भने कपिलवस्तु जिल्लाको वनमा पहिलो पटक बाघ भएको औपचारिक रुपमै पुष्टि भएको छ । बाघ र अन्य स्तनधारी वन्य जन्तुको अवस्था थाहा पाउन राखिएको क्यामरा ट्यापिङ प्रविधिबाट बाघको तस्बिर खिचिएपछि पाटे बाघ भएको पुष्टि भएको हो ।
कपिलवस्तु जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा बाघ फेला परेको बताइएको छ । यद्यपि जिल्लामा बाघ भेटिएको पुष्टि भए पनि स्थानबारे थप खुलाइएको छैन । बाघ फेला परेको स्थानको विषयमा थप विवरण र फोटो कार्यक्रमको समापन पछि सार्वजनिक गरिने ताल परियोजनाले जनाएको छ ।
ताल परियोजनाले पुस ४ गते देखी कपिलवस्तु, दाङ र अर्घाखाँचीका वनमा क्यामरा ट्यापिङ जडान गरिएको थियो । दाङको गडवा र राप्ती गाउँपलिका, अर्घाखाँचीको शितगंगा नगरपालिका र कपिलवस्तुको विजयनगर गाउँपालिका, शिवराज नगरपालिका र बुद्धभूमि नगरपालिकाको वडा नम्बर ९ मा क्यामरा राखिएको थियो । हरेक २ किलोमिटर क्षेत्रमा एक क्यामरा राखिएको छ । ३ जिल्लाका ५६० वर्ग किलोमिटर क्षेत्रफलमा १४२ क्यामराबाट वन्यजन्तुको अवस्था अध्ययन गरिएको ताल परियोजनाले जनाएको छ ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया