
उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्छ: अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाश शरण महतले उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्ने बताएका छन् ।
उद्योग व्यवसायका साथै समग्र अर्थतन्त्र नै कमजोर रहेका समयमा प्राधिकरणले लिएको अप्रिय निर्णय पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ । उनले विभिन्न उद्योगमा भइरहेको अहिलेको दबाबलाई सोचेर मात्रै काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
न्युज एजेन्सी नेपालसँग चितवनमा कुरा गर्दै उनले लोडसेडिङ हुँदा दिएको डेडिकेटेड लाइनबारेका विवादलाई लिएर उद्योगको बिजुली काट्ने कुरामा नेपाल विद्युत् प्राधिकरणले पुनः विचार गर्नुपर्ने बताए । अर्थमन्त्री महतले साँच्चिकै तिर्नुपर्ने रकम कति हो वा होइन ? भन्ने कुराको निक्र्यौल गरी सहज भइसकेपछि यस्ता निर्णय लिन उपयुक्त हुने बताए । उनले धेरै समय पर्खिसकेपछि प्राधिकरणले अनुकूल समयमा र आर्थिक हिसाबले सहज भएको अवस्थामा यस्तो निर्णय गर्दा राम्रो हुने बताए ।
उनले भने, ‘जुनबेला साँच्चिकै डेडिकेटेड लाइन भनेर विशेष अवसर लोडसेडिङ हुँदा दिएको थियो । त्यो के हो, त्यसको निक्र्यौल गरेर मात्रै यसलाई साँच्चिकै तिर्नुपर्ने कति हो की होइन ? र अहिले सिमेन्ट लगायत विभिन्न उद्योगमा अलिकति दबाब भइरहेको अवस्थामा हामीले यसलाई विचार पु¥याएर काम गर्नुपर्छ । यो विद्युत् प्राधिकरणको क्षेत्राधिकार हो । तैपनि समग्रतामा अहिले समस्या नै भएको बेलामा, अलिकति सहज भइसकेपछि उनीहरूलाई धेरै दबाब पर्दैन । त्यो विषयमा विद्युत् प्राधिकरणले सोच्दा राम्रो हुन्छ । पछिल्लो निर्णय के आधारमा पुग्यो ? त्यो मलाई जानकारी भएन । तर मलाई लाग्छ, साँच्चिकै दायित्व अब तिर्नुपर्ने जुन नियमका आधारमा छ भने त्यही हिसाबले हेर्ने हो तर समय यतिन्जेल हामी पर्खिसक्यौँ भने अलिकति अनुकूल समयमा त्यो पनि यथार्थ निक्र्यौलका आधारमा दिनैपर्ने दायित्व पूरा गर्नुपर्छ । तर कति के हो निक्र्यौल गरेर समय पनि अलिकति उनीहरूलाई पनि आर्थिक हिसाबले सहज भएको अवस्थामा यस्तो निर्णय गर्नुपर्दथ्यो जस्तो लाग्छ, त्यसमा फेरि पनि पुनःविचार होला । कानून, व्यवस्थाअनुसार तिर्नुपर्ने कुरा त तिर्नुपर्दैन भन्ने हुँदैन । तर कुन बेला सरकारले राहत दिने,अप्ठ्यारो बेलामा सरकारले राहत दिनुपर्छ ।’
अर्थमन्त्री महतले सरकारले अप्ठ्यारो बेलामा उद्योगी व्यवसायीहरूलाई राहत दिनुपर्ने बताए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया