नेप्से सूचक झण्डै ४६ अंकले बढ्यो
आज पनि सेयर बजारमा हरियाली छाएको छ । मौद्रिक नीति पश्चात निरन्तर उकालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्सेमा मंगलबार थप ४५.९८ अंकको वृद्धि हुँदै २१०६.४८ अंकमा उक्लिएको हो । अघिल्लो नेप्से सूचक ३६ अंकमाथिले बढेको थियो ।
आज १३ वटै उपसूचक धनात्मक हुँदा हाइड्रोपावर समूहको उपसूचक सबैभन्दा बढी ६.९४ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक ४.७४ प्रतिशतले बढेको छ ।
४४ अंकले नेप्से बढेको यसदिन ५ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको छ ।
प्रतिक्रिया