

प्रदेशकै उत्कृष्ट सहकारी : सिनर्जी बहुउदेश्यीय सहकारी संस्था लि., कपिलबस्तु



बहुउदेश्यीय विधामा लुम्विनी प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा सिनर्जी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड कपिलबस्तु र बचत तथा ऋण बिधामा नमुना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवललाई लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारी घोषणा गरिएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड नेपालको २० औ बार्षिक साधारण सभाको अवसर पारी उत्कृष्ट सहकारी घोषणा गरिएको हो । उत्कृष्टताको प्रमाणपत्र बैंकको स्थापना दिवको अवसरमा प्रदान गर्ने कार्यताकिा रहेको राष्ट्रिय सहकारी बैंक लि.लुम्बिनी प्रदेश प्रमुख नारायण बेल्वासेले जानकारी दिनुभएको छ ।
कपिलवस्तुको बाणगंगा १ जितपुरमा मुख्य कार्यालय रहेको सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिकामा क्रियाशिल ६ वटा एकै कार्य क्षेत्र भएका सहकारी मर्जर पछी बनेको थियो । १० हजार ५ सय बढी सदस्य रहेको सिनर्जी सहकारीले हाल सहकारी बजार, भेटेरेनरी सेवा संचालन गर्नुका साथै उद्यमशिलता प्रवर्धनमा जोड दिदै आएको छ ।
साधारण सभामा बैंकमा गत आ.व. मा रहेको निक्षेप ५८ अर्व २४ करोड, कर्जा लगानी ३१ अर्व ६४ करोड , जगेडा कोष २ अर्व ११ करोड र शेयर पुजि २ अर्व ८० करोड रहेको साथै गर्त वर्षको नाफा २३ करोड ७८ लाख रहेको प्रतिवेदन सभामा पेश गरिएको थियो ।
बुटवलको द दरवारलन प्रालि होटलको सभाहलमा सम्पन्न कार्यक्रमको अध्यक्षता बैंकको संचालक तथा लुम्वनी प्रदेश संयोजक बिजया धितालको अध्यक्षता, राष्ट्रिय सहकारी महासंघका संचालक भिम तुलाचन, नेफस्कुनका संचालक सन्दिप सापकोटा लगायतको आतिथ्यतामा भएको थियो सहकारी बैंकले जनाएको छ । साधारण सभामा प्रदेश भरका १ हजार ९सय १४ सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया