

समृद्ध विजयनगरका लागि सातबुँदे कार्यक्रम





राजेन्द्र खनाल, कपिलवस्तु । सिँगो देश खुला दिशामुक्त घोषणा भएको लामो समय वितिसक्दा कपिलवस्तुको एउटा पालिका भने कागजमा मात्रै भएको घोषणा नागरिकहरुले व्यवहारमा कार्यान्वन नगरिदिदाँ चिन्तामा परेको छ । जिल्लाको बिजयनगर गाउँपालिका अहिले यही चिन्ताका कारण पालिकाभित्रका नागरिकहरुहरुलाई शौचालयको प्रयोग अनिवार्य गर्न विभिन्न रणनिति र अभियानको खोजीमा होमीएको हो । अहिले बिजयनगर गाउँपालिकाले पूर्ण सरसफाई र समृद्ध विजयनगरका लागि सात बुँदे कार्यक्रम तथा अभियान अघि सारेको छ ।
राज्यको निति र निर्देशन अनुसार यो पालिका पनि कागजमा खुला दिशामुक्त पालिका घोषित छ तर यहाँका ३० देखि ३५ प्रतिशत नागरिक अझैै पनि खुला ठाउँमा शौच गर्ने गरेको पालिकका अध्यक्ष गोपालबहादुर थापाले बताए । शनिबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेका पालिका अध्यक्ष थापाले भने, सुन्दा अचम्म लाग्न सक्छ, भन्दा समान्य लाग्ने विषय छ, तर हामी ठूलो समस्याबाट पिरोलिरहेका छौँ। उनले यो समस्या समाधानका उपायहरुको खोजी गर्नका लागि नै पत्रकारहरुसँग अन्र्तक्रिया राखिएको भन्दै सबैको सामुहिक पहल नभए जनप्रतिनिधि एक्लैले केही पर्न गर्न नसकिने समेत स्पष्ट पारेका छन् ।
जिल्लामैे विजयनगर गाउँपालिका भौगोलिक बनावटले विकट र विकासमा पछाडी परे पनि विकासको हिसाबले स्थानीय सरकार आएपछि भौतिक संरचना, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी लगायत क्षेत्रमा निकै फडेको मारेको छ । तर यहाँ नागरिकहरुमा चेतनाको कमी र आफ्नै रैथाने संस्कारका कारण मानिसहरु शौचालय घरमा बनाए पनि खुला ठाउँमा शौच गर्दछन् । गाउँपालिका अध्यक्ष थापाका अनुसार संघीय सरकारसँगको समन्वयमा विजयनगरमा करिब ६ करोढ बढी बजेट नागरिकहरुका घरघरमा शौचालय बनाउन खर्च भईसकेको छ । तर बनेका शौचायलयमा पनि नागरिकहरुले भुस, पराल, दाउरा राख्ने गरेका कारण पालिकालाई शौचालयको अनिवार्य प्रयोग कायान्वयनमा चुनौती बढेको छ ।
पत्रकारिताले खबरदारी गर्दै गाउँपालिकाको चौतर्फी विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पत्रकारहरुसँग गाउँपालिकाको समग्र विकासका लागि सल्लाह, सुझाव समेत संकलन गरेको छ । यसको साथै आगामी वर्षको योजनाको बारेमा समेत पत्रकारहरुसँग बृहत छलफल गरिएको छ । मानव जीवनमा सरसफाई अभावका कारण विभिन्न रोगहरु मानिसलाई लाग्दा विकासका काममा बाधा हुने गरेकोले विजयनगर पुर्ण सरसफाई अभियानका साथ लागेको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले पत्रकारिताको माध्यमबाट विकासको काममा सुशासन, अनियमितता विरुद्ध महत्त्वपूर्ण भूमिका खेल्दै गाउँपालिकालाई सचेत गराई रहेको बताए । विजयनगरको समग्र विकासका लागि कसरी जाने ? भन्ने विषयमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउँदै जनताको आवश्यकता र चाहना अनुसार क्रमिक रुपमा अगाडी बढिरहेको उनले बताए । उनले सामाजिक विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको भन्दै सबैभन्दा बढी बजेट विनियोजन गरिएको जनाए ।
अध्यक्ष थापाले जनताका आधारभूत कुराहरु पालिकाले प्राथमिकतामा राखेको भएता पनि पूर्ण सरसफाई अभियानमा योजनाबद्ध रुपमा गाउँपालिकाको टीम लागेको र यसमा जनस्तरबाट समेत सहयोग आवश्यक रहेको जनाए । शिक्षा, स्वास्थ्यमा सुधारका कुरामा निरन्तर लागिरहेको जोड दिँदै समग्र विकास लागि संघ, प्रदेश र संघसंस्थासँग समेत पहल भई ररहेको उनको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश सदस्य चिन्ता परियारले शिक्षा, स्वास्थ्य र विकास निर्माणको गुणस्तरीयतामा पालिकाले जोड दिन आवश्यक रहेको बताए । उनले पालिकाले सुरुवात गरेको पूर्ण सरसफाई महत्त्वपूर्ण अभियानलाई भएको भन्दै सुझाव समेत दिए ।
यसैगरी नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले पत्रकारिताका माध्यमबाट पत्रकारले खबरदारी गर्दै सचेत गराउनुपर्ने बताए । उनले खुला दिसामुक्त क्षेत्र घोषणा भए पनि चर्पीको निर्माण नगर्ने र बनाए पनि प्रयोग नगर्नेलाई पालिकाले कारवाही गर्न जरुरी रहेको बताए । नागरिक सचेतनाका विभिन्न अभियानका कार्यक्रमहरु सञ्चालन गरिए पनि चर्पी प्रयोग नगर्ने अधिकांश जनता भएकाले पूर्ण सरसफाई युक्त पालिका निर्माणका लागि पालिकाले कडा कदम चाल्नुपर्ने जिकिर गरे ।
यस्तै पत्रकार खग प्रसाद चापागाईं र मोहन बेल्बासे लगाएतले तथ्य र तथ्यांकको आधारमा समाचार सम्प्रेषण गर्न आवश्यक रहेको बताएका छन् । पत्रकारले खबरदारी गर्दै सुशासन कायम गर्न, अनियमितता विरुद्ध कलम चलाउनुपर्नेमा जोड दिएका थिए ।
यहाँ गत आर्थिक वर्षमा पालिकाले शौचालयको निर्माण र प्रयोग नगर्ने पालिकाका कर्मचारी, अनमी, शिक्षक तथा जनप्रतिनिधिहरुको नाम नै सार्वजनिक गरी उनीहरुलाई कार्वाही समेत गरेको थियो । उक्त कदम पश्चात भने पालिकामा शौचालयको प्रयोगमा केही सुधार आएको बताइएको छ । अझै त्यसलाई पूर्ण कायान्वयनका लागि गाउँपालिकाले विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग चरणबद्ध अन्र्तक्रिया गरिरहेको जनाएको छ ।
अहिले गाउँपालिकाले अघि सारेका सात बुँदे कार्यक्रम अन्र्तगत विद्यालय उमेरका सबै बालवालिका विद्यालयमा जानुपर्ने, गर्भवती महिलाले नियमित स्वास्थय जाँच तथा मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट सुत्केरी गराउने र बालवालिकाले नियमित खोल लगाउने, घर परिवारमा नियमित चर्पीको प्रयोग, पुर्ण सरसफाईमा प्रतिबद्धता, बालविवाह र बालश्रम नगर्ने, महिनामा कम्तिमा एक पटक श्रमदान र न्यायिक समितिका कामलाई कायान्वयन गर्न विषयमा विशेष जोड दिँदै यो अभियानलाई कडाइका साथ कार्यान्वयन गर्न विजयनगर कार्ड बनाएको हो ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया