

दाङमा टिप्परको ठक्करबाट दुई युवाको मृत्यु



दाङ : टिप्परले ठक्कर दिँदा दाङमा प्यूठानका दुई जना यूवाको मृत्यु भएको छ । शुक्रवार राती घोराही उपमहानगरपालिका वडा नम्वर १० स्थित झारबैरा चोकमा दुर्घटना हुँदा झिमरुक गाउँपालिका ४ बांगेमरोठ कोटका १७ वर्षिय विशाल जिसी र उनका भान्जा नौवहिनी गाउँपालिका ६ लुङका १८ वर्षिय सागर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जनाएको छ ।
तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको रा १ क १३०७ नम्वरको टिप्परले बिपरित दिशा तर्फ जाँदै गरेको रा २ प ५५८९ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइते यूवाहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको थियो । टिप्पर चालक रुन्टीगढी गाउँपालिका ९ रोल्पाका २६ वर्षिय ईश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया