बाणगंगा-७ मा सडक दुर्घटना

कपिलवस्तुको बाणगंगा ७ कोईली बनगाईमा सडक दुर्घटनामा एक जना महिला घाईते भएकी छिन्।
पश्चिमबाट बुटवलतर्फ जादै गरेको बा २० च ७०५९ नं को स्कारपियोको ठक्करबाट लु ५१ प ५९४४ नं को स्कुटरमा सवार शिवराज १ घर भएकी कृष्ण कुमारी राना घाईते भएकी हुन् ।
पुर्वबाट पश्चिम जाँदै गरेको स्कुटरले एक्कासी बाटो काट्ने क्रममा स्कारपियोले ठक्कर दिएको र स्थानीयले घाईते लाई सोही स्कारपियोमा उपचारका लागि पठाएको बताएका छन् । घटना सम्बन्धि थप विवरण आउन बाकिँ रहेको छ ।

प्रतिक्रिया