

१४ औँ कपिलवस्तुको दोस्रो दिन : आयोजकलाई दर्शकको उत्कृष्ट साथ





कपिलवस्तु : आज १४ औँ कपिलवस्तु महोत्सवको दोस्रो दिन करिव ४ हजार दर्शकहरुले अवलोकन गरेका छन । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा चारनम्बरको बुद्ध रङ्गसालामा विहिवारदेखि सुरु भएको महोत्सवको दोस्रो दिन उक्त सङ्ख्यामा दर्शकहरुको उपस्थिती रहेको महोत्सव संयोजक राज कुमार खाँणले बताउनुभयो ।
आज गाय गायिकाहरु अनु चौधरी, प्रिन्स लम्साल, रमेश निर्दोश र संगिता चितौरे लगायत स्थानिय कलाकारहरुले प्रस्तुती दिएका छन । त्यस्तै महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको १२ औँ कपिलवस्तु डान्स आइडल पनि आजदेखि सुरु भएको छ । महोत्सवको अर्को प्रमुख आकर्षणको रुपमा रहेको रेस्लिङ प्रतियोगिता पनि आजदेखि सुरु भएको आयोजकले जनाएको छ ।

यसैबिच महोत्सवको तेस्रो दिन २३ गते गायक गायिकाहरु रामजी खाँण, अस्मिता डल्लाकोटी, अफ्सर अली लगायत स्थानिय कलाकारहरुको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।
यसैबिच यस वर्षको महोत्सवको टिकट दर सस्तो बनाइएको छ । दर्शकहरुको आर्थिक अवस्थालाई मध्यनजर गर्दै यस वर्ष १०/१० रुपैँया घटाएर विद्यार्थीहरुको लागि ४० र अनय सर्वसाधारणहरुको लागि ६० रुपैँया तोकिएको छ ।
संयोजक खाँणले ७० वर्ष पुगेका जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई निःशुल्क प्रवेश दिइने निर्णय गरेको समते बताउनुभयो । जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुले नेपाल सरकारको परिचय पत्र देखाए महोत्सव स्थलमा प्रवेश पाउने उहाँले बताउनुभयो । २१ गतेदेखि सुरु भएको महोत्सव पौष १ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया