

सुरु भयो १४ औँ कपिलवस्तु महोत्सव, भण्डारीले गरे उद्घाटन





कपिलवस्तु :
१४ औं कपिलवस्तु महोत्सव आज सुरु भएको छ । आज विहिबार प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले उद्घाटन गरेसंगै महोत्सव आजदेखि सुरु भएको हो ।

महोत्सव उद्घाटन गर्दै नेता भण्डारीले स्थानीय उत्पादन प्रवर्धन मेलाले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । युवाहरुको उर्जालाई राष्ट्रले उचित सदुपयोग गर्न नसकेको उनको भनाई छ । उनले हरेक दिन हजारौं युवा विदेशिदाँ गाउँ नै रित्तो हुन लागेकोमा चिन्ता व्यक्त गरे । युवालाई राज्यमै काम गर्ने वातावरण सिर्जन ागर्न वर्तमान सरकार लाग्नुपर्ने बताए ।
वर्तमान संविधान कार्यान्वयनमा नेतृत्व चुकेको उनको भनाई छ । उनले १० जना नेताकै लागी देशलाई लुट्न नपाईने बताए । हरेक नेताका लागी देश पहिलो प्राथमिकतामा हुनुपर्ने बताए । ‘पार्टीको नाममा गुटको नाममा लुट्न पाईन्छ हाम्रो लागी देश पहिलो प्राथमिकतामा हुनुपर्छ ।
त्यसपछि हाम्रो प्रजातन्त्र दोस्रो हो, तेस्रोमा हामीलाई बोक्ने पार्टी हो तब पो देश बन्छ’ उनले भने । बैंक तथा वित्तीय संस्थाले ८ प्रतिशत ब्याजदरबाट बढाएर १६ प्रतिशत ब्याजदर बनाएकोमा उनले असन्तुष्टि व्यक्त गरे । उनले नेपालका हरेक पार्टीले नेतृत्व परिवर्तन गर्नुपर्ने बताए ।
चार नम्बरको बुद्ध रंगशालामा वाणगंगा वेयलफेयर सोसाइटीले आयोजना गरेको महोत्सव पुस १ गते समापन हुनेछ ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया