

शेयर बजार दाेहाेराे अङ्कले घट्याे, १ अर्ब ५४ कराेड रुपैयाँकाे काराेबार



काठमाण्डाै : शेयर बजार आज मङ्गलवार पनि घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव १० अङ्कले घटेर १ हजार ८ सय ३७ दशमलव ७१ विन्दुमा झरेकाे छ ।
आज जीवन बीमाबाहेक सबै समूहकाे शेयर घटेकाे छ । आज उत्पादन तथा प्रशाेधन, हाेटल तथा पर्यटन, निर्जीवन बीमा, व्यापार र माइक्राेफाइनान्स समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ । आज सबैभन्दा धेरै विशाल बजार कम्पनीकाे शेयर साढे ९ प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटेकाे दिन सिङ्गटी हाइड्राे इनर्जीकाे शेयर १० प्रतिशतले बढेकाे छ ।
आज बजार घटे पनि काराेबार रकम बढेकाे छ । हिजाे साेमवार १ अर्ब १९ कराेड रुपैयाँकाे शेयर काराेबार भएकाेमा आज ४६ लाख ९८ हजार कित्ता शेयर १ अर्ब ५४ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपालकाे ३६ कराेड २९ लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया