

बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्डको डिपिआर निर्माण सुरु





बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड स्तरोन्नति अन्तर्गत डीपीआर निर्माणको काम सुरु भएको छ । विश्व बैंकले ६९ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर उपलब्ध गराउने सम्झौतापछि काम सुरु भएको हो ।
उक्त सडक बुटवल–गोरुसिङ्गे ५० किलोमिटर र गोरुसिङ्गे–चन्द्रौटा १९ किलोमिटर गरी दुई खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम थालिने भएको छ । जस अनुसार गोरुसिङ्गे–चन्द्रौटा खण्डमा डीपीआर तयार पार्न कर्मचारीहरू फिल्डमा खटिएका छन् ।
बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक परियोजनाका प्रमुख इन्जिनियर होमबहादुर एसीले ठेक्काको प्रक्रिया पनि चाँडै सुरु हुने जानकारी दिए । उनका अनुसार गोरुसिङ्गे–चन्द्रौटा सडक खण्डका लागि एक विदेशी कम्पनीले डीपीआरको काम सुरु गरेको छ ।
परियोजना प्रमुख एसीले सडक स्तरोन्नतिका लागि साइट खुला गर्न रुख कटान, विद्युतको पोल सार्न सम्बन्धित कार्यालयहरूसँग छलफल गरिरहेको बताए । हाल दुई लेनमा रहेको सडक स्तरोन्नति गरेर ४ लेनको बनाइने छ ।
उनले विद्युत् कार्यालयसँग छलफल गर्दा पोल सार्न झन्डै ४४ करोड लागत अनुमान गरेको तर त्यस विषयमा अझै टुङ्गोमा नपुगेको प्रस्ट पारे । यस्तै वनसँग रुख नम्बरिङ्गका लागि आग्रह गरिएको छ । अन्तिममा वन विभागको अनुमति प्राप्त गरेपछि रुख कटानको काम सुरु हुनेछ । ती दुई प्रक्रिया पूरा हुना साथ ठेकेदारलाई काम गर्ने बाटो खुल्ने र काम धमाधम चल्ने परियोजना प्रमुख एसी बताउँछन् ।
तत्कालीन राजा महेन्द्रको पालामा बनेको सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो । तीन वर्षभित्र काम सम्पन्न हुने गरी ठेक्का लगाउने तयारी भइरहेको छ ।
सडक विस्तारले बढ्दो सवारीसाधनको चापलाई कम गर्ने र ठुला सवारी चलाउनका लागि पनि सहज हुने अपेक्षा गरिएको सडक कार्यालय बुटवलका प्रमुख इन्जिनियर भीम लामाले बताए ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड स्तरोन्नतिको काम चलिरहेको छ । चाइना स्टेट कम्पनीले विगत तीन वर्षदेखि उक्त खण्डमा सडक विस्तारको काम जारी राखेको छ ।
सडक स्तरोन्नतिसँगै बुटवलमा पुरानो तिनाउ पुलले सवारीसाधनको चाप नथाम्ने आकलन गर्दै सो स्थानमा सिग्नेचर ब्रिज निर्माण गर्ने सडक कार्यालयको तयारीे छ । सडक स्तरोन्नति भइसकेपछि बुटवल बजारलाई पनि थप चलायमान बनाउन मद्दत पुग्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए ।
तेजेन्द्र के.सीले रातोपाटीमा समाचार लेखेका छन् ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया