

महिला टी–२० क्रिकेट शृङ्खलामा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो


काठमाण्डाै : चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपाल तेस्रो भएको छ । आज भएको खेलमा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो ।
नेपालले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन मात्रै बनायो ।
जापानकी ओपनर अकारी निशीमुराले २९ रन बनाइन् । हिनासी गोटोले १६ रन बनाइन् । नेपालका सङ्गीता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डङ्गोल र सोनी पाख्रिनले समान एक विकेट लिए ।
त्यसअघि हङकङ क्रिकेट क्लब मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।
नेपालकी पूजा महतोले ४३ रन बनाइन् । रोमा थापाले २२, रुविना क्षेत्रले २१ र इन्दु बर्माले १२ रन बनाए । यसअघि तान्जानियासँग २७ रन र हङकङसँग ९ विकेटले पराजित भएको नेपालले जापानलाई ६७ रनले हराएको थियो । त्यही जापानलाई हराउँदै नेपाल शृङ्खलाको तेस्रो भएको हो ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया