

विश्वकप छनोट : नेपाल यूएईसँग ४–० गोलले पराजित


काठमाण्डाै : फिफा विश्वकप सन् २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको छ ।
गए राति अल मकतुम स्टेडियममा भएकाे खेलमा नेपाल घरेलु टाेलीसँग ४–० गाेलले पराजित गर्याे । यूएईले पहिलाे हाफमा नै ४ गाेल गर्याे । यूएईका लागि कप्तान अलि मखबूटले २ तथा खलीफा अल–हम्मादि र फावियो लिमाले १/१ गोल गरे ।
यसअघि सन् १९८४ मा भएको एसिया कप छनोटमा नेपाल यूएईसँग ११–० गोलको फराकिलो अन्तरले पराजित भएकाे थियो । नेपालले अब छनोटको दोस्रो खेलमा यमनसँग मङ्सिर ५ गते मङ्गलवार दशरथ रङ्गशालामा खेल्नेछ ।
नेपाल रहेको समूह ‘एच’ मा यमन, यूएई र बहराइन छन् । दोस्रो चरणका खेलहरू ‘होम’ एन्ड ‘अवे’ का आधारमा हुनेछन् । दोस्रो चरणको छनोटको अन्तिम खेल जुन ६ तारिखमा हुनेछ । ४ टोलीमध्ये शीर्ष २ टोली एसिया कपमा छनोट हुँदै विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् ।
पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा २–१ गोलअन्तरले हराएर दोस्रो चरणमा स्थान बनाएको थियो ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया