

फिफा विश्वकप छनोट : दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दै


काठमाण्डौ : फिफा विश्वकप सन् २०२६ र एएफसी एसिया कप सन् २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । समूह एचमा रहेका नेपाल र यूएईबीचको खेल दुबईको अल माक्तोउम स्टेडियममा आज राति नेपाली समय अनुसार साढे ९ बजे शुरु हुनेछ ।
नेपालले दोस्रो पटक यूएईसँग खेल्न लागेको हो । यसअघि सन् १९८४ मा एसिया कप छनोटमा नेपालले यूएईसँग खेलेको थियो । त्यसबेला नेपाल ११–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो । समूहमा नेपालसँगै यूएई, बहराइन र यमन छन् । फिफा वरीयतामा यूएई ६९औँ स्थानमा छ । बहराइन ८३ औँ र यमन १५६ औँ स्थानमा रहदा नेपाल १७३ औँ स्थानमा छ ।
नेपालले मंसिर ५ मा यमनसँग दोस्रो खेल खेल्नेछ । यो खेल दशरथ रंगशालामा हुनेछ । दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन् । दोस्रो चरणको छनोटको अन्तिम खेल जुन ६ तारिखमा हुनेछ ।
चार टोलीमध्ये शीर्ष दुई टोली एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् । पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा २–१ गोल अन्तरले हराएर दोस्रो चरणमा स्थान बनाएको थियो।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया